काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा सरकारको तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीको तर्फबाट शहिद परिवारका सदस्य भोजविक्रम थापाले औपचारिक रूपमा हस्ताक्षर गरेका हुन्।
तर हस्ताक्षरपूर्व, केही जेनजी युवाहरूले विरोध र होहल्ल मच्चाएका थिए। उनीहरूले सम्झौताका केही बुँदाहरू अस्वीकार्य भएको र सीमित व्यक्तिहरूले आन्दोलनलाई नियन्त्रण गरेर टालटुले सम्झौता गरेको आरोप उठाएका थिए। यो असहमति केही समयका लागि तनावपूर्ण अवस्था सिर्जना गर्यो।
सम्झौतापत्र हस्ताक्षर पछि पनि केही प्रतिनिधिहरूले आफ्ना धारणा प्रकट गरिरहे, तर वरिष्ठ नेताहरू र आयोजकहरूले परिस्थितिलाई शान्त बनाउने प्रयास गरेका छन्। यस सम्झौताले आन्दोलनको भविष्य र सरकार–जेनजी सम्बन्धमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।





प्रतिक्रिया