२०८२, १६ चैत्र मंगलबार

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस


काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र–१ को बैठकले आसन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो । क्षेत्रीय सभापति दिनेश लामाका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ गणेश लामा, गुणराज मुक्तान, तिर्थबहादुर पसखल, विदुर बस्नेत र रसिला खनाल (महिला) सिफारिस भएका छन् ।

यस्तै, समानुपातिकतर्फ हर्षजित लामा (आदिवासी जनजाति), ललिता किङरिङ (आदिवासी जनजाति महिला), हरिबहादुर बल (आदिवासी जनजाति), मिरा नेपाली (दलित), उद्धव कोइराला (अपाङ्ग) र बाबुराम गिरी (अल्पसंख्यक) लाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।

त्यसैगरी, राष्ट्रियसभा निर्वाचनका लागि इन्द्रमणि अधिकारी र ईश्वरीप्रसाद ओझालाई उम्मेदवारको रूपमा सिफारिस गरिएको क्षेत्रीय सभापति लामाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२, २३ मंसिर मंगलबार  ७ : १९ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा