२०८२, २२ पुस मंगलबार

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस


काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र–१ को बैठकले आसन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो । क्षेत्रीय सभापति दिनेश लामाका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ गणेश लामा, गुणराज मुक्तान, तिर्थबहादुर पसखल, विदुर बस्नेत र रसिला खनाल (महिला) सिफारिस भएका छन् ।

यस्तै, समानुपातिकतर्फ हर्षजित लामा (आदिवासी जनजाति), ललिता किङरिङ (आदिवासी जनजाति महिला), हरिबहादुर बल (आदिवासी जनजाति), मिरा नेपाली (दलित), उद्धव कोइराला (अपाङ्ग) र बाबुराम गिरी (अल्पसंख्यक) लाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।

त्यसैगरी, राष्ट्रियसभा निर्वाचनका लागि इन्द्रमणि अधिकारी र ईश्वरीप्रसाद ओझालाई उम्मेदवारको रूपमा सिफारिस गरिएको क्षेत्रीय सभापति लामाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२, २३ मंसिर मंगलबार  ७ : १९ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय