२०८२, १८ चैत्र बिहीबार

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए


दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला परेका छन्।

लमहीस्थित होटल अर्घाखाँची एण्ड लज का सञ्चालक ४५ वर्षीय केशवराज खनाल आफ्नै होटलको कोठाभित्र मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख इन्सपेक्टर रोशनराज पाण्डेका अनुसार खनाल बसोबास गर्दै आएको कोठाभित्रै आज बिहान मृत अवस्थामा फेला परेका हुन्। तीनतले होटलको पहिलो तलामा खनाल परिवारसहित बस्दै आएको र सोही तलाको कोठाभित्र उनी मृत भेटिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक घटनास्थलको प्रकृति हेर्दा आत्महत्या गरेको जस्तो देखिएको इन्सपेक्टर पाण्डेले जानकारी दिए। उनका अनुसार कोठा भित्रबाट बन्द रहेको अवस्थामा खनाल फेला परेकाले आत्महत्याको आशङ्का गरिएको हो।

घटनाबारे थप अनुसन्धानका लागि मुचुल्का उठाएर प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।

प्रकाशित मिति : २०८२, २२ मंसिर सोमबार  ९ : ४६ बजे

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’