२०८२, १४ माघ बुधबार

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने


जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो २ बजे प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री यादवले आफूले तोकिएको समयभित्र विश्वासको मत लिने तयारी पूरा गरेको जानकारी दिए ।

उनका अनुसार मंगलबार दिउँसो ३ बजे प्रदेश प्रमुख कार्यालयबाट विश्वासको मत लिन निर्देशनसम्बन्धी पत्र प्राप्त भएको थियो । सोही अनुसार प्रदेश सभा सचिवालयलाई आज औपचारिक पत्र पठाएर आफू विश्वासको मतका लागि तयार भएको उनले बताए ।

यादवले विगतमा आफूलाई समर्थन गरेका दलहरूले पुनः विश्वासको मत प्रदान गर्ने अपेक्षा व्यक्त गरे। उनले राजनीतिक स्थिरता र सरकारको कामलाई निरन्तरता दिन दलहरूको सहयोग महत्वपूर्ण हुने उल्लेख गरे।

यसअघि सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन (परमादेश) जारी गरेको थियो। अदालतको आदेशअनुसार नै मुख्यमन्त्री यादव भोलि विश्वासको मतका लागि सभामा उपस्थित हुने भएका हुन्।

प्रकाशित मिति : २०८२, १६ मंसिर मंगलबार  ७ : २८ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार