२०८२, ८ पुस मंगलबार

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर आफ्नो उच्चतम बिन्दुमा पुगेको छ। युरो, पाउण्ड, अष्ट्रेलियन डलर लगायतका प्रमुख विदेशी मुद्राहरूको मूल्य पनि आज बढेको देखिएको छ।

राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलरको खरिददर १४२ रुपैयाँ ९८ पैसाविक्रीदर १४३ रुपैयाँ ५८ पैसा तोकिएको छ, जुन यसको अबको उच्चतम मूल्य हो।

यस्तै, युरोपियन युरोको खरिददर १६६ रुपैयाँ ३१ पैसाविक्रीदर १६७ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङको खरिददर १८९ रुपैयाँ १६ पैसाविक्रीदर १८९ रुपैयाँ ९६ पैसा कायम गरिएको छ। स्वीस फ्रयाङ्कको खरिददर १७८ रुपैयाँ १३ पैसाविक्रीदर १७८ रुपैयाँ ८८ पैसा भएको छ।

अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन र चिनियाँ युआनको मूल्य पनि आज वृद्धि भएको छ।

  • अष्ट्रेलियन डलर: खरिददर रु ९३ रुपैयाँ ६८ पैसा, बिक्रीदर रु ९४ रुपैयाँ ०७ पैसा
  • क्यानेडियन डलर: खरिददर रु १०२ रुपैयाँ २६ पैसा, बिक्रीदर रु १०२ रुपैयाँ ६९ पैसा
  • सिङ्गापुर डलर: खरिददर रु ११० रुपैयाँ ४० पैसा, बिक्रीदर रु ११० रुपैयाँ ८६ पैसा
  • जापानी येन: खरिददर रु ९२१ पैसा प्रति १० येन, बिक्रीदर रु ९२५ पैसा प्रति १० येन
  • चिनियाँ युआन: खरिददर रु २० रुपैयाँ २२ पैसा, बिक्रीदर रु २० रुपैयाँ ३० पैसा

त्यसैगरी, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट र अन्य विदेशी मुद्राको मूल्य पनि वृद्धि भएको छ:

  • साउदी अरेबियन रियाल: खरिददर रु ३८ रुपैयाँ १० पैसा, बिक्रीदर रु ३८ रुपैयाँ २६ पैसा
  • कतारी रियाल: खरिददर रु ३९ रुपैयाँ २४ पैसा, बिक्रीदर रु ३९ रुपैयाँ ४० पैसा
  • थाई भाट: खरिददर रु ४ रुपैयाँ ४७ पैसा, बिक्रीदर रु ४ रुपैयाँ ४९ पैसा
  • युएई दिराम: खरिददर रु ३८ रुपैयाँ ९३ पैसा, बिक्रीदर रु ३९ रुपैयाँ ०९ पैसा
  • मलेसियन रिङ्गेट: खरिददर रु ३४ रुपैयाँ ६१ पैसा, बिक्रीदर रु ३४ रुपैयाँ ७६ पैसा

अधिकांश प्रमुख विदेशी मुद्राको मूल्य बढेको हुँदा, नेपालमा विदेशी मुद्रा विनिमय दरमा अस्थिरता आउने संकेत पनि देखा परेको छ। राष्ट्र बैंकले भने, यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सक्ने बताएको छ।

वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर राष्ट्र बैंकको दरभन्दा फरक हुनसक्छ, र अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।

प्रकाशित मिति : २०८२, १६ मंसिर मंगलबार  ८ : ११ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ