२०८२, ५ माघ सोमबार

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक


काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो आज सार्वजनिक भएको छ। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिकीकरण गर्दै महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढेको जानकारी दिए।

कार्यक्रममा एमालेका सचिव तथा महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक अभिव्यक्ति भएको बताइन्। उनका अनुसार लोगोमा राष्ट्रिय झण्डा, धरहरा, पाँचतले दरबार, पार्टीको निर्वाचन चिन्ह लगायतका प्रतीकलाई बहुआयामिक तथा बहुभाषिक रूपमै संयोजन गरिएको छ। लोगो सार्वजनिक कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पार्टीका शीर्ष पदाधिकारीहरूको उपस्थिति थियो।

त्यसैगरी, कार्यक्रमकै अवसरमा महाधिवेशन केन्द्रित जिङ्गल समेत सार्वजनिक गरिएको छ। एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ। महाधिवेशनका लागि मंसिर १३ गते नै मातहतका सबै कमिटीमा प्रतिनिधि छनोट प्रक्रिया पूरा गरिएको पार्टीले जनाएको छ।

प्रकाशित मिति : २०८२, १४ मंसिर आईतबार  ७ : ०१ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा