काठमाडौ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) मा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ। जोन सिम्पसनको धमाकेदार अर्धशतकपछि काठमान्डुले १९.४ ओभरमा १४२ रन बनाउँदै अलआउट भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुका लागि जोन सिम्पसनले २९ बलमा ६० रनको आकर्षक पारी खेले। उनले ३ चौका र ५ छक्का प्रहार गरे। सिम्पसनलाई मिलिन्द कुमारले साथ दिएका थिए, जसले ४३ बलमा ३८ रन योगदान दिए। दुवैले मिलेर तेस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरे।
तर सिम्पसन १७औं ओभरमा आउट भएपछि काठमान्डुको पारी कमजोर हुँदै गयो। १५ ओभरमा १०९/३ रहेको टोलीले बाँकी ३३ रन जोड्नासाथ ७ विकेट गुमाएर सम्पूर्ण टोली सम्हालिन नसक्ने अवस्थामा पुगेको थियो। चितवनका बलरले उत्कृष्ट प्रदर्शन गरेर खेलमा फर्किएको देखियो।






प्रतिक्रिया