२०८२, १ फाल्गुन शुक्रबार

धनगढी घटनामा माफी माग्दै जेनजीलाई राजनीतिमा सहभागी हुन आह्वान

धनगढी घटनामा माफी माग्दै जेनजीलाई राजनीतिमा सहभागी हुन आह्वान


धनगढी । राष्ट्रिय युवा सङ्घका उपाध्यक्ष विनय शाहले बुधवार धनगढीमा भएको घटनामा माफी माग्दै जेनजी (Generation Z) युवाहरूसँग राजनीति प्रवेश गर्न र भ्रष्टाचारविरुद्धको संघर्षमा सामेल हुन आह्वान गरेका छन्। उनले युवा जागरण अभियानका क्रममा महेश बस्नेत र अन्य नेताहरूलाई लक्षित गरेर भएको विवाद र हात हालाहालको घटनाबारे क्षमा मागेका छन्।

कार्यक्रममा शाहले भने, “हिजो घटनामा नयाँ युवाहरूको क्षति प्रति माफी माग्न चाहन्छु। तपाईँहरू मेरो भाइ बहिनी हो, आउनुहोस् राजनीतिमा हामी साथ दिन्छौँ। आउनुहोस् भ्रष्टाचार ढालौँ।” उनले युवाहरूलाई राजनीतिमा समावेश गराउन र दल सुदृढ नगरेसम्म लोकतन्त्र बलियो नहुने तर्क गरे। “दल बलियो भए मात्रै लोकतन्त्र बलियो बन्ने हो,” शाहले भने। उनका अनुसार, युवाहरूको सक्रियताले मात्र देशमा परिवर्तन ल्याउन सक्छ र भ्रष्टाचारको समस्यामा पनि सुधार गर्न सकिन्छ।

शाहले कार्यक्रममा भ्रष्टाचारविरुद्ध आफ्नो स्पष्ट धारणा प्रस्तुत गरे। उनले भने, “नेताहरूले भ्रष्टाचार गर्दै गर्दैनन् भन्दिन। यहीँ धनगढीका होटलहरूमा योजनाको कमिसनमार्फत १० प्रतिशत मागिएको कुराको हामीले विरोध जनाएका थियौँ।” उनले भ्रष्टाचारविरुद्धका कडा कदम उठाउनका लागि जेनजीलाई राजनीति र आन्दोलनमा समावेश गर्ने आह्वान गरे। “तपाईंहरूको सशक्त आवाजले मात्र देशलाई भ्रष्टाचार मुक्त बनाउन सकिन्छ,” उनले भने।

कार्यक्रमको दौरान, शाहले जेनजी युवाहरूको आन्दोलनका बारेमा पनि टिप्पणी गरे। उनका अनुसार, जेनजीको आन्दोलनपछि बनेको सरकार जेनजीको विपक्षमा रहेको छ। उनले भने, “कुलमानले आफ्नो कार्यालयमा बोलाएर आन्दोलनमा उक्साइ रहेका थिए। यो सरकार जेनजीको होइन।” शाहको भनाइमा, जेनजीका नाममा हुने आपराधिक गतिविधिहरूको उनी कडा विरोध गर्छन् र युवाहरूलाई सचेत राजनीति गर्न आग्रह गर्छन्।

धनगढीमा आयोजित युवा जागरण अभियानका क्रममा विवाद उत्पन्न भएको थियो। विमानस्थलबाट कार्यक्रम स्थलमा जाने क्रममा युवा सङ्घका नेताहरू र अन्य कार्यकर्ताबीच विवाद र धक्कामुक्की भएको थियो। यस घटनामा एक महिला कार्यकर्ता पनि लड्दा, उक्त घटनालाई बढी विकृत गरेर फैलाइएको भन्ने शाहको भनाइ थियो। “युवा सङ्घले कुटेको भनेर हल्ला गरियो, तर त्यो केवल विवादको परिणाम थियो,” उनले भने।

शाहले घटनामा भएको विवाद र हल्लाको बारेमा स्पष्टिकरण दिँदै माफी मागेका थिए। उनले भने, “पूर्व तयारीसहितको कार्यक्रमलाई अवरुद्ध गर्नु गलत थियो। युवा सङ्घले भनेको कुरा युवाहरूको सशक्तीकरण र भ्रष्टाचारविरुद्धको अभियान हो, हामी त्यो उद्देश्यमा दृढ छौं।”

शाहले युवा जागरण अभियानलाई सफल ठहर गर्दै सातै प्रदेशमा भएको अभियानमा युवा कार्यकर्ताहरूको सक्रिय सहभागिता महत्वपूर्ण रहेको बताए। “हामी युवा कार्यकर्ताहरूलाई सशक्त बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दैछौं,” उनले थपे।

यो पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय युवा सङ्घका प्रदेश इन्चार्ज भरत मल्ल, सहइन्चार्ज रोहित कुवर लगायतका नेताहरूको उपस्थिति थियो।

प्रकाशित मिति : २०८२, १२ मंसिर शुक्रबार  १० : ४६ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको