काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि जेन–जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ। हिजो अपरान्ह २१ सदस्यीय जेन–जी समूह भित्र प्रवेश नपाएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएको थियो।
आज बिहान मिराज ढुंगाना नेतृत्वको समूह सिंहदरबार गेट पुगेको समयमा प्रहरीले उनीहरूलाई लखेटेर अनामनगरको पुलतर्फ धकेलेको थियो। यस क्रममा प्रहरीले र युवाबीच धकेलाधकेल भएको थियो। युवा समूहले सरकारले प्रहरीको प्रयोग गरेर उनीहरूको आवाज दमन गरेको आरोप लगाउँदै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको छ।
जेन–जी समूहका युवा नेताहरूले भने, “हाम्रो विद्रोह केवल ०८४ सालको निर्वाचन ०८२ सालमा गर्ने मात्र नभएको छ। कार्की सरकारले हाम्रो माग पूरा नगरेको र घाइते तथा शहीदको सपना साकार पार्न असम्भव देखिएको छ।”
युवाहरूको यस कदमले सरकारमाथि दबाब सिर्जना गरेको छ भने सामाजिक सञ्जालमा पनि घटनाले व्यापक ध्यानाकर्षण पाएको छ।






प्रतिक्रिया