२०८२, १४ माघ बुधबार

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ


विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते लुटिएको दुई थान चाइनिज पेस्तोल र २० राउण्ड गोलीसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाका दुई र इलामका एक व्यक्ति रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, दमक–८ का २५ वर्षीय सरोज पुरीको कोठाबाट लुटिएको टाइप–५४ पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली बरामद भएको थियो। सोधपुछमा पुरीले पेस्तोल आफ्ना साथी विश्व लिङ्देनलाई दिएको बताए।

विश्व लिङ्देनलाई पक्राउ गर्दा उनले पेस्तोल इलामका पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बेचेको स्वीकारेका छन्। इलामको चुलाचुली–४ मा गरिएको खोजीमा पेस्तोल रातो प्लास्टिकको झोलामा लुकाइएको अवस्थामा फेला परेको थियो।

प्रहरीका अनुसार, ती सबै व्यक्ति लागुऔषध प्रयोगकर्ता जस्तो देखिन्छन्। बरामद हतियार र तीनै जनालाई कारबाही अघि बढाउन काठमाडौं पठाइएको छ।

प्रकाशित मिति : २०८२, ९ मंसिर मंगलबार  १ : ४७ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार