२०८२, १४ माघ बुधबार

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त गर्ने सरकारको निर्णय

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त गर्ने सरकारको निर्णय


काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको बैठकका कार्यवाहक प्रवक्ता तथा शिक्षामन्त्री महावीर पुनले जानकारी दिए।

बैठकले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (SEZ) सञ्चालन मापदण्ड–२०७१ खारेज गर्दै त्यहाँको मासिक भाडा दर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गर्ने निर्णय पनि गरेको छ।

यस्तै विद्युत नियमन आयोगलाई साउथ एसिया फोरम अफ इन्फ्रास्ट्रक्चर रेगुलेसनको सदस्यता स्वीकृति दिने निर्णयसमेत बैठकले मंजुर गरेको छ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा घाइते भएकाहरूलाई उपचार राहत उपलब्ध गराउने तथा सहायता डेस्क संचालनका लागि १० जनालाई चार महिनासम्म मासिक १५ हजार रुपैयाँ पारिश्रमिक दिने निर्णय पनि सरकारले गरेको छ।

प्रकाशित मिति : २०८२, ९ मंसिर मंगलबार  ९ : १३ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार