२०८२, १६ चैत्र मंगलबार

जेन–जीको नाममा देशमा अराजकता, सरकार ‘मुकदर्शक’ : उपमहासचिव ज्ञवाली

जेन–जीको नाममा देशमा अराजकता, सरकार ‘मुकदर्शक’ : उपमहासचिव ज्ञवाली


काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशभर फैलिँदै आएको अराजकतावाद रोक्न सरकारले पूर्ण असफलता देखाएको र उल्टै त्यसको “संरक्षक”को भूमिका खेलेको आरोप लगाएका छन्।

सोमबार काठमाडौंमा बसेको एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गतको जनपरिचालन समितिको पहिलो बैठकमा सम्बोधन गर्दै ज्ञवालीले जेन-जीको नाममा राज्यसत्ताले नियन्त्रित समूहहरूले अस्थिरता फैलाइरहेको बताए। उनले सुरक्षा निकायहरू “मुकदर्शक” बनेर बसेको कडा टिप्पणी गरे। ज्ञवालीले भने, “देशलाई अराजकतापथमा धकेल्ने शक्तिहरू अहिले सरकारकै छायाँ संरक्षणमा बढिरहेका छन्। रोकथाम गर्ने जिम्मेवार निकाय नै उछृङ्खलतालाई खुला छुट दिइरहेछ।” उनका अनुसार पछिल्ला घटना साधारण अव्यवस्था नभई राष्ट्रको समृद्धि अवरुद्ध गर्ने योजनाबद्ध गतिविधि हुन्।

उहाँले देश–विदेशबाट सक्रिय केही शक्तिहरू नेपालको राजनीतिक स्थायित्व कमजोर पार्ने उद्देश्यले गतिविधि सञ्चालन गरिरहेको दाबी गर्दै त्यसविरुद्ध “संगठित जनपरिचालन” नै प्रभावकारी प्रतिउत्तर हुने उल्लेख गरे। ज्ञवालीले एमालेलाई ऐतिहासिक रूपमा जनपरिचालन र स्थिरताका लागि अग्रपंक्तिमा उभिने पार्टी रहेको स्मरण गराउँदै अहिले पनि त्यही भूमिका निर्वाह गर्नुपर्ने समय आएको बताए। उनले कडा चेतावनी दिंदै भने, “अराजकतावादलाई प्रश्रय दिने प्रवृत्ति अब खतराको रूपमा परिणत हुँदैछ। एमाले अब मौन रहने छैन-देशविरोधी गतिविधिको जति कडा प्रतिरोध चाहिन्छ, त्यति नै कडा रूपमा उभिन्छ।”

बैठकमा सहभागी अन्य नेताहरूले पनि सरकारको कमजोर नेतृत्व, संवैधानिक संस्थामा हस्तक्षेप र राजनीतिक उद्देश्यले संरक्षित हिंसात्मक गतिविधिबारे गम्भीर चिन्ता व्यक्त गरेका थिए। एमालेले आगामी दिनमा देशभर व्यापक जनपरिचालन अभियान सञ्चालन गर्दै राजनीतिक तथा संगठनात्मक रूपमा कडा तयारी अघि बढाउने योजना सार्वजनिक गरेको छ।

प्रकाशित मिति : २०८२, ८ मंसिर सोमबार  ६ : ०९ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा