२०८२, १६ चैत्र मंगलबार

‘हाम्रो बाटो अप्ठ्यारो छ, तर अब जनताको इतिहास लेखिनेछ’ : सन्तोष परियार

‘हाम्रो बाटो अप्ठ्यारो छ, तर अब जनताको इतिहास लेखिनेछ’ : सन्तोष परियार


काठमाडौं । रास्वपा छोडेर प्रगतिशील लोकतान्त्रिक अभियानमा लागेका सन्तोष परियारले आफ्नो यात्रा सहज नभएको स्पष्ट पार्दै अब जनताकै इतिहास लेखिने समय आएको बताएका छन्।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै परियारले अग्रज पुस्ताको अनुभव र जेनजी पुस्ताको उत्साहलाई समेट्दै अघि बढ्ने बताएका हुन्।

उनले भने, “यदि आज पनि समस्याबाट भाग्यौं भने इतिहासले हामीलाई छोड्ने छैन। यो सजिलो बाटो होइन, तर सधैं सजिलो बाटो हिँड्न पाउँदैनौं। हामीले एउटा ठूलो संघर्ष गर्नैपर्छ।”

सभाको अध्यक्ष समेत रहेका परियारले जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिले देश संकटमा परेको उल्लेख गर्दै सबै वामपन्थी, लोकतान्त्रिक र प्रगतिशील पार्टीहरुलाई संकिर्णता छोडेर अभियानमा जोडिन आह्वान गरेका छन्।

परियारले आजसम्म शासन गर्ने शासकका इतिहास लेखिएको बताएर अब जनताकै इतिहास लेखिने स्पष्ट पारे। उनले भने, “रुख त २० वर्षअघि रोप्नुपर्थ्यो, तर ढिला गर्नु हुँदैन। जबसम्म इतिहासकारहरूले शासनसत्तामा बस्नेहरूको इतिहास लेखिरहन्छन्, तबसम्म शिकारको होइन, सिकारीको इतिहास लेखिने छ। अब जनताको इतिहास लेखिने छ।”

प्रकाशित मिति : २०८२, ७ मंसिर आईतबार  २ : १२ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा