२०८२, ७ मंसिर आईतबार

विराटनगरमा महेश बस्नेत सवार गाडीमा मसी प्रहार, कांग्रेस–निकट विद्यार्थी पक्राउ

विराटनगरमा महेश बस्नेत सवार गाडीमा मसी प्रहार, कांग्रेस–निकट विद्यार्थी पक्राउ


विराटनग । मोरङको विराटनगरमा नेकपा एमाले सांसद महेश बस्नेत सवार गाडीमा आज बिहान रातो मसी प्रहार भएको छ। घटनामा संलग्न दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाँदै थिए। एयरपोर्ट लाइनस्थित सडक खण्डमा सडक किनारबाट दगुर्दै आएका युवाहरूले बस्नेत सवार कारलाई लक्षित गरी मसी फ्याँकेका थिए। घटनापछि गाडी केही समयका लागि रोकिएको थियो।

कण्ट्रोलमा लिइएका युवाहरूमा विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय सन्जोग गौतम रहेका छन्। प्रहरीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ।

सन्जोग गौतम नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका जिल्ला सदस्य हुन्। उनी संस्थापनइतर समूहका हुन् र पूर्वमा डाक्टर शेखर कोइराला समूहले महेन्द्र मोरङ क्याम्पसको नेविसंघ इकाइ सभापति बनाएको थियो। अर्पित कुँवर पनि नेविसंघसँग आवद्ध रहेको प्रहरीले जनाएको छ।

नेता बस्नेतले घटनालाई ‘लोकतन्त्रमाथि उपहास’ भएको टिप्पणी गर्दै कार्यक्रम अवरुद्ध गर्ने प्रयास भएको बताएका छन्। घटनापछि बस्नेत सुनसरीको इटहरी पुगेका थिए, जहाँ जेनजीहरुले दुहबीमा पनि प्रदर्शन गरेका थिए।

प्रकाशित मिति : २०८२, ७ मंसिर आईतबार  १ : ५२ बजे

विराटनगरमा महेश बस्नेत सवार गाडीमा मसी प्रहार, कांग्रेस–निकट विद्यार्थी पक्राउ

विराटनग । मोरङको विराटनगरमा नेकपा एमाले सांसद महेश बस्नेत सवार

आजको मौसम देशभर मौसम सफा रहने

काठमाडौं । मौसमपूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम

नपीएलमा आज ब्रेक, भोलि दुई खेल हुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज

हिजो एकैदिन देशभर १८ विपद्का घटना

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो

आज विधान व्यवस्थापन समितीको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितीको १३९