२०८२, १४ माघ बुधबार

विद्यालय बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

विद्यालय बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु


रौतहट । रौतहटमा विद्यालय बसको ठक्कर लागेर दुई वर्षीय बालकको दुःखद मृत्यु भएको छ।
माधवनारायण नगरपालिका–३ सखुआवास्थित ओम एकेडेमीको बसले जयनगर क्षेत्रमा शुक्रबार बिहान दुर्घटना गराएको हो।

दुर्घटनामा गरुडा नगरपालिका–१ जयनगरका रंजन साहका दुई वर्षीय छोरा आदित्य कुमार साह को घटनास्थलमै मृत्यु भएपछि परिवार र स्थानीयवासी मर्माहित बनेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार प्रदेश–३–००१ ख १७२६ नम्बरको विद्यालय बस जयनगरबाट मानपुरतर्फ जाँदै गर्दा बालकलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि बस नियन्त्रणमा लिएपनि चालक फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२, ५ मंसिर शुक्रबार  ४ : २० बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार