२०८२, १४ पुस सोमबार

प्रधानमन्त्री कार्कीको केही दिनभित्र राजीनामा आउँछ : महेश बस्नेत

प्रधानमन्त्री कार्कीको केही दिनभित्र राजीनामा आउँछ : महेश बस्नेत


काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सुशीला कार्की(सुशीला आमा) लाई राजनीतिक जीवनबाट ‘टाटा बाई–बाई’ गराएर पठाउनुपर्ने बताएका छन् ।

पार्टीको नेसनल युथ भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै उनले सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाई गराउनुपर्ने भन्दै उनलाई छोरा–छोरीसँग बेलायत गएर आफ्नो बिरामी पति र आफ्नो समेत उपचार गरेर आरामदायी जीवन बिताउन पनि भनेका छन् ।

उनले भने, ‘भोली ११ बजे भृकुटिमण्डपमा हामी प्रस्तुत हुँदैछौं । विभिन्न उपत्यका आसपासका जिल्लाहरुबाट आएका एमालेका ६० हजारभन्दा बढी नेता कार्यकर्ता  भृकुटीमण्डपमा जम्मा गर्दैछौ । सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाई गराएर छोराछोरीसँग बेलायत गएर आफ्नो बिरामी पति र आफ्नो समेत उपचार गरेर आरामदायी जीवन बिताए हुन्छ ।’

यस्तै, उनले रिटायर जीवन शानदार तरिकाले बेलायतमा गएर विताउन सुझाव दिंदै उनले राजनीतिमा अचानो नबन्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘राजनीतिले मलाई अचानो बनायो भनि रहनु भएको छ । विचरा आमै अचानो नबन्नुहोला ।  रिटायर जीवन शानदार तरिकाले बेलायतमा गएर बिताउनु होला । उतै छोराछोरीको सेवा गर्नु । सरकार चलाउने काम राजनीति दलहरुले गर्ने हो । राजनीति नेताहरुले गर्ने हो, तपाई उतै जानुस ।’

उनले प्रधानमन्त्री कार्कीले दुई तिन दिनभित्र राजीनामा दिने दाबी पनि गरे । उनले काठमाडौं महानगरका मेयर बालेन शाहले स्टाटस लेखेर देशलाई सङ्कटमा पु¥याउन खोजे पनि अब नेसनल युथ भोलेन्टियर फोर्सले रक्षा गर्ने बताए ।

प्रकाशित मिति : २०८२, ५ मंसिर शुक्रबार  ४ : १२ बजे

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर

रास्वपा केन्द्रीय समितिद्वारा रवि-बालेन सहमति अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

जेन-जी घटनामा बयान दिन सिंहदरबार पुगे रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक जेन-जी

जसपा फुट्यो : रेणु यादव उपेन्द्रसँग फर्किन्

काठमाडौं । जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राईको पार्टी

युक्रेन युद्ध टुंग्याउने संकेत : ट्रम्पको दाबी-शान्ति सम्झौता अब धेरै टाढा छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको