२०८२, १७ चैत्र बुधबार

एमाले महाधिवेशनको तयारी : सचिवालयको नेतृत्व पोखरेल, सुब्बा र भट्टराईलाई

एमाले महाधिवेशनको तयारी : सचिवालयको नेतृत्व पोखरेल, सुब्बा र भट्टराईलाई


काठमाडौं । नेकपा एमालेले आफ्नो आगामी महाधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरू गठन गर्दै महाधिवेशनको सञ्चालनको जिम्मेवारी तोकेको छ। बिहीबार बसेको सचिवालय बैठकले महासचिव शंकर पोखरेललाई महाधिवेशन सचिवालयको संयोजक बनाउने निर्णय गरेको छ।

सचिवालयमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव योगेश भट्टराई सदस्य रहनेछन्। बैठकले महाधिवेशनको प्रत्येक पक्ष व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक समितिहरू गठन गरेको छ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार प्रतिनिधि व्यवस्थापन समितिको संयोजक काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल, आर्थिक समितिको संयोजक विष्णु रिमाल, जनपरिचालन समितिको संयोजक ज्ञवाली र सचिव राजन भट्टराई, आवास व्यवस्थापन समितिको संयोजक छविलाल विश्वकर्मा र सचिव लालबाबु पण्डित रहेका छन्।

त्यसैगरी, खाद्य व्यवस्थापनमा लेखराज भट्ट र भीष्म अधिकारी, यातायात व्यवस्थापनमा गोकर्ण विष्ट र रचना खड्का, अतिथि सत्कारमा रघुवीर महासेठ र महेश बर्तौला, प्रचार-प्रसारमा पद्मा अर्याल र राजेन्द्र गौतम, स्वयंसेवक परिचालनमा भानुभक्त ढकाल र विनोद पाण्डे, मञ्च व्यवस्थापनमा विनोद श्रेष्ठ र लोकबहादुर भण्डारी नियुक्त गरिएको छ।

बैठकले महाधिवेशनलाई सुरक्षित, व्यवस्थित र सफल बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबै समितिलाई पूर्ण जिम्मेवारीसहित अगाडि बढ्न निर्देशन दिएको छ।

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  १० : १९ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा