२०८३, २९ असार मंगलबार

नेपाल बैंकको ८९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, ५३ कर्मचारी सम्मानित

नेपाल बैंकको ८९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, ५३ कर्मचारी सम्मानित


काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भएको बैंकले यस वर्ष ८९औं वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालय प्राङ्गणमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले अध्यक्षता गर्नु भएको थियो।

नेपालभर २३१ शाखा, २३७ एटिएम र ६१ एक्टेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले हाल डिजिटल प्रविधिमार्फत करिब १० लाख ग्राहकलाई सेवा पुर्याइरहेको छ। बैंकले गुणस्तरीय र छिटोछरितो ग्राहक सेवामा जोड दिँदै युवा जनशक्तिमार्फत सेवा विस्तार गर्दै आएको उल्लेख गरिएको छ।

वार्षिकोत्सव कार्यक्रममा २५ वर्ष सेवा गरेका ३ जना र २० वर्ष सेवा गरेका ५३ जना कर्मचारीलाई पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो। साथै, बैंक सुरक्षा मजबुत बनाउन महत्वपूर्ण योगदान दिने गौरादह र नयाँ वानेश्वर शाखाका सुरक्षकहरूलाई पनि सम्मान गरिएको थियो। प्रादेशिक र भौगोलिक रूपमा उत्कृष्ट प्रदर्शन गर्ने १२ शाखालाई पनि पुरस्कार दिइएको थियो।

सभाका अध्यक्ष शर्माले कर्मचारी वर्गलाई आफ्नो कार्यक्षेत्रमा उच्च मनोबल र इमान्दारीका साथ सेवा प्रवाह गर्न प्रेरित गर्दै बैंक व्यवस्थापनप्रति सञ्चालक समितिको पूर्ण समर्थन रहने विश्वास व्यक्त गर्नुभयो।

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  ९ : ४२ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित