२०८२, १७ चैत्र बुधबार

नेकपा एमालेले ११औँ महाधिवेशन तयारीका लागि उपसमितिहरू गठन

नेकपा एमालेले ११औँ महाधिवेशन तयारीका लागि उपसमितिहरू गठन


काठमाडौं । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरेको छ। आज बसेको सचिवालय बैठकले महाधिवेशनको व्यवस्थापन र संचालनका लागि समितिहरूमा संयोजक र सचिव तोकेको छ।सचिवालयका निर्णयअनुसार प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा काशीनाथ अधिकारी र सचिवमा माधव ढुंगेल तोकिएका छन्।

जनपरिचालन समितिको संयोजकमा प्रदीप ज्ञावाली र सचिवमा राजन भट्टराई नियुक्त भएका छन् भने, आवास व्यवस्थापन समितिको संयोजकमा छविलाल विश्वकर्मा र सचिवमा लालबाबु पण्डित रहेका छन्।

यस्तै, खाद्य व्यवस्थापन समितिमा लेखाराज भट्ट संयोजक र भीष्म अधिकारी सचिव, यातायात व्यवस्थापन समितिमा गोकर्ण विष्ट संयोजक र रचना खड्का सचिव, तथा अतिथि सत्कार समितिमा रघुवीर महासेठ संयोजक र महेश बर्तौला सचिव रहनेछन्।

त्यसैगरी, स्वयम्सेवक परिचालन समितिमा भानुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव, प्रचार समितिमा पद्मा अर्याल संयोजक र राजेन्द्र गौतम सचिव, तथा मञ्च व्यवस्थापन समितिमा विनोद श्रेष्ठ संयोजक र लोकबहादुर भण्डारी सचिव नियुक्त भएका छन्।

स्वास्थ्य समितिमा कृष्ण गोपाल श्रेष्ठ संयोजक र सचिवमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष, र आर्थिक समितिमा विष्णु रिमाल संयोजक र विना श्रेष्ठ सचिव तोकिएका छन्। उपमहासचिव प्रदीप ज्ञावलीका अनुसार, समितिहरूले महाधिवेशनलाई व्यवस्थित, सुरक्षित र सफल बनाउन जिम्मेवारी बहन गर्नेछन्।

यस्तो छ पूर्ण सूची

१) प्रतिनिधि व्यवस्थापन समिति

 • संयोजक: काशीनाथ अधिकारी

 • सचिव: माधव ढुंगेल

२) जनपरिचालन समिति

 • संयोजक: प्रदीप ज्ञवाली

 • सचिव: राजन भट्टराई

३) आवास व्यवस्थापन समिति

 • संयोजक: छविलाल विश्वकर्मा

 • सचिव: लालबाबु पण्डित

४) खाद्य व्यवस्थापन समिति

 • संयोजक: लेखाराज भट्ट

 • सचिव: भीष्म अधिकारी

५) यातायात व्यवस्थापन समिति

 • संयोजक: गोकर्ण विष्ट

 • सचिव: रचना खड्का

६) अतिथि सत्कार समिति

 • संयोजक: रघुवीर महासेठ

 • सचिव: महेश बर्तौला

७) स्वयम्सेवक परिचालन समिति

 • संयोजक: भानुभक्त ढकाल

 • सचिव: विनोद पाण्डे

८) प्रचार समिति

 • संयोजक: पद्मा अर्याल

 • सचिव: राजेन्द्र गौतम

९) मञ्च व्यवस्थापन समिति

 • संयोजक: विनोद श्रेष्ठ

 • सचिव: लोकबहादुर भण्डारी

१०) स्वास्थ्य समिति

 • संयोजक: कृष्ण गोपाल श्रेष्ठ

 • सचिव: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष

११) आर्थिक समिति

 • संयोजक: विष्णु रिमाल

 • सचिव: विना श्रेष्ठ

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  ९ : २७ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा