काठमाडौं । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरेको छ। आज बसेको सचिवालय बैठकले महाधिवेशनको व्यवस्थापन र संचालनका लागि समितिहरूमा संयोजक र सचिव तोकेको छ।सचिवालयका निर्णयअनुसार प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा काशीनाथ अधिकारी र सचिवमा माधव ढुंगेल तोकिएका छन्।
जनपरिचालन समितिको संयोजकमा प्रदीप ज्ञावाली र सचिवमा राजन भट्टराई नियुक्त भएका छन् भने, आवास व्यवस्थापन समितिको संयोजकमा छविलाल विश्वकर्मा र सचिवमा लालबाबु पण्डित रहेका छन्।
यस्तै, खाद्य व्यवस्थापन समितिमा लेखाराज भट्ट संयोजक र भीष्म अधिकारी सचिव, यातायात व्यवस्थापन समितिमा गोकर्ण विष्ट संयोजक र रचना खड्का सचिव, तथा अतिथि सत्कार समितिमा रघुवीर महासेठ संयोजक र महेश बर्तौला सचिव रहनेछन्।
त्यसैगरी, स्वयम्सेवक परिचालन समितिमा भानुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव, प्रचार समितिमा पद्मा अर्याल संयोजक र राजेन्द्र गौतम सचिव, तथा मञ्च व्यवस्थापन समितिमा विनोद श्रेष्ठ संयोजक र लोकबहादुर भण्डारी सचिव नियुक्त भएका छन्।
स्वास्थ्य समितिमा कृष्ण गोपाल श्रेष्ठ संयोजक र सचिवमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष, र आर्थिक समितिमा विष्णु रिमाल संयोजक र विना श्रेष्ठ सचिव तोकिएका छन्। उपमहासचिव प्रदीप ज्ञावलीका अनुसार, समितिहरूले महाधिवेशनलाई व्यवस्थित, सुरक्षित र सफल बनाउन जिम्मेवारी बहन गर्नेछन्।
यस्तो छ पूर्ण सूची
१) प्रतिनिधि व्यवस्थापन समिति
• संयोजक: काशीनाथ अधिकारी
• सचिव: माधव ढुंगेल
२) जनपरिचालन समिति
• संयोजक: प्रदीप ज्ञवाली
• सचिव: राजन भट्टराई
३) आवास व्यवस्थापन समिति
• संयोजक: छविलाल विश्वकर्मा
• सचिव: लालबाबु पण्डित
४) खाद्य व्यवस्थापन समिति
• संयोजक: लेखाराज भट्ट
• सचिव: भीष्म अधिकारी
५) यातायात व्यवस्थापन समिति
• संयोजक: गोकर्ण विष्ट
• सचिव: रचना खड्का
६) अतिथि सत्कार समिति
• संयोजक: रघुवीर महासेठ
• सचिव: महेश बर्तौला
७) स्वयम्सेवक परिचालन समिति
• संयोजक: भानुभक्त ढकाल
• सचिव: विनोद पाण्डे
८) प्रचार समिति
• संयोजक: पद्मा अर्याल
• सचिव: राजेन्द्र गौतम
९) मञ्च व्यवस्थापन समिति
• संयोजक: विनोद श्रेष्ठ
• सचिव: लोकबहादुर भण्डारी
१०) स्वास्थ्य समिति
• संयोजक: कृष्ण गोपाल श्रेष्ठ
• सचिव: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष
११) आर्थिक समिति
• संयोजक: विष्णु रिमाल
• सचिव: विना श्रेष्ठ






प्रतिक्रिया