२०८२, १४ पुस सोमबार

राष्ट्रपतिलाई २३ जेनजी समूहको ज्ञापन, माग पुरा नभएर सरकारलाई फिर्ता बोलाउने चेतावनी

राष्ट्रपतिलाई २३ जेनजी समूहको ज्ञापन, माग पुरा नभएर सरकारलाई फिर्ता बोलाउने चेतावनी


काठमाडौं । विभिन्न नामका २३ जेनजी समूहहरुले आज राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन्। उक्त ज्ञापनपत्रमा सो समूहहरूले प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीको लागि संविधान संसोधन गर्नुपर्ने लगायत ५ बुँदे माग राखेका छन्।

ज्ञापनपत्रमा भनिएको छ, “जेनजी विद्रोहको आधारमा बनेको सरकारले केवल एक पटक चुनाव मात्रै गराउने सहमति व्यक्त गर्न सक्दैन। सरकारले दिशाहीन भएको आरोप लगाउँदै, यो विद्रोह र शहादत केवल चुनावका लागि मात्र नभएको हाम्रो धारणा हो।” यसैगरी, उनीहरूले सरकारलाई तत्काल माग पूरा गर्न आग्रह गरेका छन्।

यि समूहहरूले थप भनेका छन्, “विद्रोह र शहादत केवल चुनावका लागि मात्रै होइन। यसमा संलग्न २३ जेनजी एलाइन्स, घाइते र शहीद परिवारका माग तत्काल सम्बोधन गर्न आवश्यक छ।” यदि सरकारले उनीहरूको माग पूरा गर्न नसकेमा, उनीहरूले सरकारलाई फिर्ता बोलाएर नयाँ नेतृत्वमा नयाँ सरकार गठन गर्न राष्ट्रपतिको मध्यस्थता माग गरेका छन्।

साथै, यदि सरकारले माग पूरा नगरेको खण्डमा, अर्को शान्तिपूर्ण आन्दोलन र दवाब कार्यक्रम गर्ने चेतावनीसमेत दिएका छन्। ज्ञापनपत्र बुझाउनेमा जेनजी नेसनल फ्रन्ट लाइनर, जेनजीसी स्पार्क, एन टेक जेनजी, ऋणइी एसोसिएसन नेपाल, जेनजी वाइ युनाइटेड, रियल जेनजी लगायतका समूहहरू छन्।

उनीहरूले ज्ञापनपत्रमा यससमेत माग गरेका छन् कि, मुलुकमा भएका ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारवाही, जेनजी आन्दोलनमा नरसंहार गर्नेलाई कानूनी कारवाही, घाइतेहरुको उचित उपचार र शहीद परिवारको क्षतिपूर्ति र भरणपोषणको व्यवस्था गर्नुपर्नेछ।

यस घटनाले देशको राजनीतिक स्थिरता र सरकारको जिम्मेवारीबारे नयाँ बहस र कदम आवश्यक भएको देखिन्छ।

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  ३ : ०१ बजे

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर

रास्वपा केन्द्रीय समितिद्वारा रवि-बालेन सहमति अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

जेन-जी घटनामा बयान दिन सिंहदरबार पुगे रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक जेन-जी

जसपा फुट्यो : रेणु यादव उपेन्द्रसँग फर्किन्

काठमाडौं । जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राईको पार्टी