२०८२, १६ चैत्र मंगलबार

एमालेको सचिवालय बैठक च्यासलमा सुरु, महाधिवेशन तयारीमा जोड

एमालेको सचिवालय बैठक च्यासलमा सुरु, महाधिवेशन तयारीमा जोड


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। यो बैठक केही समयअघि मात्र सुरु भएको हो र पार्टीको महाधिवेशन तयारी र अन्य महत्त्वपूर्ण विषयहरूमा छलफल गर्न आयोजना गरिएको हो।

केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, यो बैठकले महाधिवेशनको तयारीका लागि आवश्यक निर्णयहरू लिनेछ। उहाँले भन्नुभयो, “बैठकले महाधिवेशनको तयारीका लागि उपसमितिहरू गठन गर्ने, कार्यक्रम तय गर्ने र अन्य आवश्यक निर्णयहरू गर्नेछ।”

जेनजी आन्दोलनको क्रममा जलेको पार्टी कार्यालयको मर्मतपछि यो पहिलोपटक सचिवालय बैठक भएको हो। हाल च्यासलको कार्यालय आंशिक रुपमा सञ्चालनमा आएको छ र बैठकमा पार्टीका वरिष्ठ नेता, पदाधिकारी र सचिवालय सदस्यहरू सहभागी भएका छन्।

यो बैठक पार्टीको संगठनिक रुपमा थप मजबुत बनाउने, महाधिवेशनको तयारी पूर्णता दिलाउने र पार्टीको रणनीति तय गर्ने मुख्य उद्देश्य राखिएको छ।

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  २ : ४३ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा