२०८२, १७ चैत्र बुधबार

सिमरा अपडेट : बाराका सीडीओबाट जेनजी युवालाई वार्ताको आह्वान

सिमरा अपडेट : बाराका सीडीओबाट जेनजी युवालाई वार्ताको आह्वान


सिमरा । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी युवालाई वार्ताको लागि आग्रह गर्नुभएको छ। प्रजिअ मिश्रले टेलिफोनमार्फत जेनजी अगुवा सम्राट उपाध्यायलाई संवाद मार्फत समस्या समाधान गर्न आह्वान गर्नुभएको हो।

तर, जेनजी अगुवा सम्राट उपाध्यायले प्रहरीको लाठीचार्ज र घाइते भएका युवाहरूको अवस्थाका कारण प्रहरीको कार्यालय सिमरा नै वार्ताका लागि उपयुक्त स्थान हो भन्ने बताएका छन्। उनले भने, “हामी प्रहरी कार्यालय जान सक्दैनौं। यहाँ आउनुभयो भने थप जोखिम हुन सक्छ, त्यसैले वार्ता त्यहीँ हुनुपर्छ।”

उपाध्यायले थप भने, “हामी प्रहरीको लाठीचार्जबाट धेरै जेनजी घाइते भएका छौं। भीडले थप जोखिम निम्त्याउन सक्ने भएकाले हामी त्यहीँ वार्ता गर्न चाहन्छौं।”

प्रदर्शनकारीहरूले भने, इलाका प्रहरी कार्यालय सिमरामा नै वार्ता गर्नुपर्ने अडान राखेका छन्। उनीहरूका अनुसार, आन्दोलनलाई समाधान गर्न त्यहीँ वार्ता गर्नु आवश्यक छ।

यसअघि, आन्दोलनरत युवाहरूलाई प्रजिअ मिश्रले जिल्ला प्रशासन कार्यालयमा बोलाउने प्रयास गरे पनि, उनीहरूले त्यहाँ जान असमर्थता व्यक्त गरेका थिए। उनीहरूले थप जोखिमको डर व्यक्त गर्दै आफ्नो ठाउँमै वार्ता गर्न चाहेका हुन्।

अहिले, दुबै पक्षबीच वार्ताका लागि चासो देखिए पनि, स्थान र सुरक्षा सम्बन्धी चिन्ताले समाधानको बाटो अझै खुल्न सकेको छैन।

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  २ : ३० बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा