२०८२, ४ मंसिर बिहीबार

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठकः महाधिवेशन स्थल र मितिबारे छलफल हुने

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठकः महाधिवेशन स्थल र मितिबारे छलफल हुने


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।

यस बैठकको प्रमुख एजेन्डा पार्टीको १५ औं महाधिवेशनको मिती र स्थानबारे छलफल गर्न हो। यसअघि, असोज २८ गतेबाट शुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन केन्द्रित थियो, तर निष्कर्षमा पुग्न नसकेर बैठक स्थगित गरिएको थियो। अब, बैठक फेरि आज बस्न लागेको हो र यसमा महाधिवेशनको मिति र स्थलबारे थप छलफल हुने अपेक्षा गरिएको छ।

पार्टीमा महाधिवेशनको मितिबारे एकमत नहुँदा यस विषयमा थप छलफलका लागि बैठकलाई एक साता स्थगित गरिएको थियो। बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले महाधिवेशनका लागि विभिन्न सुझावहरू दिएका थिए।

कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले महाधिवेशन पुस १६ देखि १९ गतेसम्म गर्नुपर्ने कार्यतालिका प्रस्तुत गरेका थिए। त्यस्तै, सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशनलाई २०८३ वैशाख २७ देखि ३० गतेसम्म गर्ने प्रस्ताव पेश गरेका थिए। यी दुवै प्रस्तावका पक्ष र विपक्षमा केन्द्रीय समितिमा छलफल र सुझावहरूको आदानप्रदान भइरहेको छ।

facebook sharing button
messenger sharing button
whatsapp sharing button
twitter sharing button
sharethis sharing button

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  ७ : ४३ बजे

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठकः महाधिवेशन स्थल र मितिबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो २

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै, यी विषयमा हुनेछ छलफल

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बिहीबार दिउँसो

सरकारलाई ओलीको प्रश्न : दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्?

काठमाडौं । नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीले दुर्गा प्रसाईँले भएकै भिडिओ

विवाहपञ्चमीका लागि जनकपुरधाममा धुमधामका साथ तयारी हुँदै

जनकपुर । जनकपुरधामसहित पौराणिक मिथिलाञ्चल क्षेत्रमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा

नेपालमा आजको मौसम पूर्वानुमान: वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । नेपालमा आज (बिहीबार) मौसम प्रायः सफा रहने अपेक्षा