२०८२, १८ चैत्र बिहीबार

नेपालमा आजको मौसम पूर्वानुमान: वर्षा र हिमपातको सम्भावना

नेपालमा आजको मौसम पूर्वानुमान: वर्षा र हिमपातको सम्भावना


काठमाण्डौ । नेपालमा आज (बिहीबार) मौसम प्रायः सफा रहने अपेक्षा गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशभर अहिले कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको छ।

महाशाखाले जनाएको छ कि आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। विशेषत: कोशी प्रदेशका हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यस्तै, आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने अपेक्षा गरिएको छ। बाँकी भागमा मौसम प्रायः सफा रहने छ।

काठमाडौं उपत्यकामा भने मौसम सामान्य र सफा रहने बताइएको छ। आजको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहनेछ भने न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ। बिहानको समय विशेष गरी चिसो रहने र दिउँसो तापक्रम केही बढ्न सक्ने अनुमान गरिएको छ।

सामान्यतया चिसो बढ्दै गएको यस समयमा नागरिकलाई हावाहुरी र वर्षाका लागि तयार रहन सुझाइएको छ। साथै, हिमाली क्षेत्रहरूमा उच्च पहाडी इलाकामा यात्रा गर्नेहरूलाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  ६ : ५५ बजे

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’