२०८२, १२ पुस शनिबार

नेपाल प्रिमियर लिग : आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै

नेपाल प्रिमियर लिग : आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् । बुधबार त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने खेलमा काठमाडौं र सुदूरपश्चिम प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सोमबारको उद्घाटन खेलमा जनकपुरलाई पाँच विकेटले हराउँदै विजयी भएको काठमाडौं आज दोस्रो खेल खेल्दैछ । काठमाडौंका कप्तानी करण केसीले गरिरहेका छन् भने सुदूरपश्चिमको कप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । काठमाडौंले अंक तालिकामा दुई अंक जोडिसकेको छ । यस टिमको प्रशिक्षक मोन्टी देसाइले गरिरहेका छन् ।

एनपीएलको यस सिजनमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : २०८२, ३ मंसिर बुधबार  ८ : ५६ बजे

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको

प्रतिनिधिसभा निर्वाचनः को–को पर्छन् अस्थायी मतदाता ?

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा