२०८३, १ जेष्ठ शनिबार

आजको तरकारी तथा फलफूलको ताजा मूल्यसूची सार्वजनिक

आजको तरकारी तथा फलफूलको ताजा मूल्यसूची सार्वजनिक


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

जसनुसार बुधबार (आज) गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो १०० रुपैयाँ, आलु रातो प्रतिकिलो ६० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४८ रुपैयाँ, आलु सेतो प्रतिकिलो ४० रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३१ रुपैयाँ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो १२० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो १०० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ६० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकेजी २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७५ रुपैयाँ, तने बोडी प्रतिकिलो १८० रुपैयाँ, मकै बोडी प्रतिकिलो ९० रुपैयाँ कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १५० रुपैयाँ , घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ८० रुपैयाँ, मटरकोसा प्रतिकिलो १३० रुपैयाँ, तीतो करेला प्रतिकिलो १३० रुपैयाँ, लौका प्रतिकिलो ८० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ११० रुपैयाँ, परबर (तराई) प्रतिकिलो १०० रुपैयाँ, घिरौँला प्रतिकिलो १२० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ७५ रुपैयाँ, भिन्डी प्रतिकिलो १२० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ ।

पिँडालु प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो १५ रुपैयाँ, रायोसाग प्रतिकिलो १२० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी २०० रुपैयाँ, चमसुर प्रतिकेजी १५० रुपैयाँ, तोरीको साग प्रतिकिलो ८० रुपैयाँ, मेथीको साग प्रतिकिलो २०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ८० रुपैयाँ, बकूला प्रतिकिलो १५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २२० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ, कुरिलो प्रतिकिलो ९०० रुपैयाँ निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो १२० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १२० रुपैयाँ, जिरीको साग प्रतिकिलो ५५० रुपैयाँ, सेलरी प्रतिकिलो १५० रुपैयाँ, पार्सले प्रतिकिलो ४०० रुपैयाँ, सौफको साग प्रतिकिलो १५० रुपैयाँ, पुदिना प्रतिकिलो ५०० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १३० रुपैयाँ, कागती प्रतिकिलो १०० रुपैयाँ, अनार प्रतिकिलो ३८० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ७५ रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो १०० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, निबुवा प्रतिकिलो ५५ रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, लप्सी प्रतिकिलो ७० रुपैयाँ, अम्बा प्रतिकिलो ८० रुपैयाँ र किबी प्रतिकिलो २०० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २०८२, ३ मंसिर बुधबार  ८ : ३८ बजे

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेशसभाबाट

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल

१० के एनवाईएफएन रन : स्वास्थ्य, खेलकुद र अनुशासनको सन्देश

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको

बेइजिङ पुगे ट्रम्प, सी जिनफिङसँग आज उच्चस्तरीय वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने औपचारिक भ्रमणका लागि