२०८२, २५ मंसिर बिहीबार

जनहित माविको ३१औँ वार्षिकोत्सव सम्पन्न, समाजसेवी लामाद्वारा विद्यालयलाई आर्थिक सहयोग

जनहित माविको ३१औँ वार्षिकोत्सव सम्पन्न, समाजसेवी लामाद्वारा विद्यालयलाई आर्थिक सहयोग


काभ्रे। खानीखोला गाउँपालिका-७ मा अवस्थित जनहित माध्यमिक विद्यालयले आफ्नो ३१औँ वार्षिकोत्सव सोमबार भव्य रूपमा सम्पन्न गरेको छ।

समारोहलाई सम्बोधन गर्दै यूवा संघ नेपालका निर्वतमान उपाध्यक्ष तथा समाजसेवी युवा व्यवसायी अमित लामाले जेन-जी आन्दोलनको नाममा भइरहेको अराजकता, सार्वजनिक सम्पत्तिमा आक्रमण तथा आगजनीजस्ता हिंसात्मक क्रियाकलापप्रति कडा असहमति व्यक्त गरे। सिंहदरबार, अदालत र सर्वसाधारणका घर-व्यवसायमा गरिएका आगजनी घटनाले हिंसा परिवर्तनको विकल्प नभएको स्पष्ट पारे।

कार्यक्रमका विशेष अतिथि तामाङले छोरी शाहलो तामाङको जन्मदिनको अवसर पारेर विद्यालयको कल्याणकारी कोषमा ५१ हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरे। उनले जनहित माविले शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै शिक्षा केवल मेरुदण्ड मात्र नभई सोच, सिर्जनात्मकता र सकारात्मक चेतनाले राष्ट्रलाई समृद्ध बनाउने आधार हुने उल्लेख गरे।

वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य तिर्थ लामाले विद्यालयले ३१ वर्षमा हासिल गरेको प्रगति उल्लेखनीय रहेको बताए। उनले आगामी वर्षहरूमा विद्यालयलाई प्रविधिमैत्री र गुणस्तरीय शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्न प्रदेश सरकार निरन्तर सहयोगी रहने प्रतिबद्धता प्रकट गरे। स्थानीय समुदाय, शिक्षक, अभिभावक र विद्यालयबीचको सहकार्यले जनहित माविको शैक्षिक उन्नतिमा महत्वपूर्ण भूमिका खेलेको उनले प्रशंसा गरे। कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्य, गीत, कविता र विद्यालयको इतिहाससम्बन्धी अभिव्यक्तिहरूले वातावरणलाई झनै उत्साहपूर्ण बनाएको थियो। विद्यालयमा विशेष योगदान पुर्‍याउने शिक्षक, अभिभावक तथा समुदायका प्रतिनिधिहरूलाई सम्मानबोध गरिएको थियो।

समारोहमा विद्यालय प्रशासनले निरन्तर सहयोग र साथ प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा विद्यालयलाई अझ आधुनिक, सक्षम र गुणस्तरीय शिक्षालयका रूपमा उभ्याउने संकल्प व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२, २ मंसिर मंगलबार  १ : ४४ बजे

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ

टपक्क टाँसिदिएको, फेद-टुप्पो नभएको सरकार : ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई

लुम्बिनीले विराटनगरलाई १३५ रनको लक्ष्य दियो

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो

प्रधानमन्त्री कार्की शीतलनिवासमा, राष्ट्रपति पौडेलसँग आकस्मिक भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास