२०८२, १५ चैत्र सोमबार

जनहित माविको ३१औँ वार्षिकोत्सव सम्पन्न, समाजसेवी लामाद्वारा विद्यालयलाई आर्थिक सहयोग

जनहित माविको ३१औँ वार्षिकोत्सव सम्पन्न, समाजसेवी लामाद्वारा विद्यालयलाई आर्थिक सहयोग


काभ्रे। खानीखोला गाउँपालिका-७ मा अवस्थित जनहित माध्यमिक विद्यालयले आफ्नो ३१औँ वार्षिकोत्सव सोमबार भव्य रूपमा सम्पन्न गरेको छ।

समारोहलाई सम्बोधन गर्दै यूवा संघ नेपालका निर्वतमान उपाध्यक्ष तथा समाजसेवी युवा व्यवसायी अमित लामाले जेन-जी आन्दोलनको नाममा भइरहेको अराजकता, सार्वजनिक सम्पत्तिमा आक्रमण तथा आगजनीजस्ता हिंसात्मक क्रियाकलापप्रति कडा असहमति व्यक्त गरे। सिंहदरबार, अदालत र सर्वसाधारणका घर-व्यवसायमा गरिएका आगजनी घटनाले हिंसा परिवर्तनको विकल्प नभएको स्पष्ट पारे।

कार्यक्रमका विशेष अतिथि तामाङले छोरी शाहलो तामाङको जन्मदिनको अवसर पारेर विद्यालयको कल्याणकारी कोषमा ५१ हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरे। उनले जनहित माविले शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै शिक्षा केवल मेरुदण्ड मात्र नभई सोच, सिर्जनात्मकता र सकारात्मक चेतनाले राष्ट्रलाई समृद्ध बनाउने आधार हुने उल्लेख गरे।

वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य तिर्थ लामाले विद्यालयले ३१ वर्षमा हासिल गरेको प्रगति उल्लेखनीय रहेको बताए। उनले आगामी वर्षहरूमा विद्यालयलाई प्रविधिमैत्री र गुणस्तरीय शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्न प्रदेश सरकार निरन्तर सहयोगी रहने प्रतिबद्धता प्रकट गरे। स्थानीय समुदाय, शिक्षक, अभिभावक र विद्यालयबीचको सहकार्यले जनहित माविको शैक्षिक उन्नतिमा महत्वपूर्ण भूमिका खेलेको उनले प्रशंसा गरे। कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्य, गीत, कविता र विद्यालयको इतिहाससम्बन्धी अभिव्यक्तिहरूले वातावरणलाई झनै उत्साहपूर्ण बनाएको थियो। विद्यालयमा विशेष योगदान पुर्‍याउने शिक्षक, अभिभावक तथा समुदायका प्रतिनिधिहरूलाई सम्मानबोध गरिएको थियो।

समारोहमा विद्यालय प्रशासनले निरन्तर सहयोग र साथ प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा विद्यालयलाई अझ आधुनिक, सक्षम र गुणस्तरीय शिक्षालयका रूपमा उभ्याउने संकल्प व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२, २ मंसिर मंगलबार  १ : ४४ बजे

सुशासन मार्गचित्र : ११ सार्वजनिक निकाय खारेज, ७ गाभ्ने सरकारलाई सुझाव

काठमाडौं । सरकारले सार्वजनिक निकायको पुनर्संरचना गर्दै सुशासन र खर्च

राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनको

पपुलिज्मको उत्कर्षमा न्यायालयमाथि अत्यधिक भरोसा नगर्न आग्रह : टीकाराम भट्टराई

काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई ले वर्तमान राजनीतिक परिस्थितिमा

अदालतको आदेश : केपी शर्मा ओलीको प्रभावकारी उपचार सुनिश्चित गर्न निर्देशन

काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिएका