२०८३, १८ आश्विन सोमबार

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते


काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिएका नेकपा एमालेका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। घटनामा केही नेता तथा कार्यकर्ता घाइते भएका छन्।

माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन भइरहेका बेला एक समूह सिंहदरबारको दक्षिण गेटतर्फ अघि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै लाठी प्रहार गरेको हो। प्रदर्शनकारीका अनुसार प्रहरीको लाठीचार्जका क्रममा उनीहरूमाथि अन्धाधुन्ध बल प्रयोग गरिएको थियो।

घाइते हुनेमध्ये काठमाडौं महानगरपालिका–१ का युवराज ओली गम्भीर रहेका छन्। उनको टाउकोमा लाठी लागेर रगत बगेपछि उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल लगिएको जानकारी दिइएको छ।

प्रदर्शनकारीहरूले पक्राउको विरोध गर्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले बल प्रयोग गरेको आरोप लगाएका छन्। यद्यपि, घटनाबारे प्रहरीले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

प्रकाशित मिति : २०८२, १३ चैत्र शनिबार  १० : ३८ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय