२०८२, २१ पुस सोमबार

गुण्डुले भन्छ, बिहानी टाढा छैन…

गुण्डुले भन्छ, बिहानी टाढा छैन…


लेखक – सबिन प्रियासन
म पहिलोपटक गुण्डु छिरेँ
दक्षिण–पूर्वका हरिया पहाडहरूले मलाई बोलाएजस्तो लाग्यो,
मानौँ कोही पुरानो साथी ढुङ्गे बाटोबाट हात फैलाएर स्वागत गरिरहेको छ
उत्तरका हिमालहरूले सेतो मुस्कान छरिदिए
मेरा आँखाभरि उज्यालो भरिदियो
अनि हावाले, सुम्सुम्याउँदै, कानेखुसी गर्दै भन्यो
“बस न यहाँ, एउटा कविता लेख”।

गाउँकोबाटो परिवर्तनका फूलले सजिएको थियो
सयपत्रीजस्ता सरल अनुहार, खुला मन र मिलनसार हाँसो
ती मनहरूको स्पर्शले मेरो यात्रामा जीवन्तता थप्यो
देश बनाउने सपनामा नयाँ जिम्मेवारीको भाव जाग्यो
मानौँ, कसैले भनिरहेकोछ, “तिम्रो यात्रा अझै बाँकी छ”।

त्यहीँ गुण्डुको न्यानो छायाँमा,
मैले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेँ
मैले सम्हालेका उपन्यासका पानाहरू उहाँको हातमा पुग्दा नयाँ अर्थले कथा बोल्यो
त्यो भेट केवल औपचारिकता थिएन;
त्यो मेरो लेखन र मेरो देशप्रेमबीचको संवाद जस्तो भयो
उहाँले भन्नुभयो “यहीँ बस, यही काखमा शब्दहरू फुलाउ” ।

त्यो आग्रह बगरमा झरेको वर्षाजस्तै मेरो मनमा भिजेर पस्यो
कविता लेख, कथा जन्माऊ
ती शब्दहरूले मेरो बिहान फेरि झिलिमिली बनायो
गुण्डुको हावा अझै फुसफुसाइरहेको छ
“फर्केर आऊ, शब्दहरूले अझै तिमीलाई कुर्दै छन् ।
यहीँबाट अर्को यात्रा सुरु हुन्छ
नयाँ रूप, नयाँ लुगा, नयाँ इतिहास तिम्रै हातबाट जन्मिन बाँकी छ
देश बनाउने अभियान सजिलो छैन
अप्ठ्यारो छ, अँध्यारो छ, चुनौतीहरू छन्
तर विश्वास अविचल छ ।
अध्यारो कहिल्यै स्थायी हुँदैन, सूर्य फेरि उदाउँछ,
उज्यालो फैलिन्छ, जीवन फेरि फुल्छ
भक्तपुरको गुण्डु –यो न्यानो छाया
यो हरियो पहाड, यो मिलनसार हाँसो
आज पनि यही सन्देश दिन्छ
बारम्बार भन्छ
“बिहानी टाढा छैन, उज्यालो आउँदैछ
शब्दहरूले अझै जीवनको बाटो देखाउने छन
इतिहास फेरि लेखिने छ
म फर्कन्छु, फर्कन्छु, नयाँ रूप, नयाँ भाव र नयाँ अभियानका साथ
फेरी गुण्डुले भन्छ “ नयाँ बिहानी टाढा छैन ” …

प्रकाशित मिति : २०८२, १ मंसिर सोमबार  ११ : १३ बजे

भेनेजुएलाकी उपराष्ट्रपतिलाई ट्रम्पको धम्की

कराकस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी उपराष्ट्रपतिलाई लक्षित गर्दै

ओलीको जन्मघर पुनर्निर्माण अन्तिम चरणमा

तेह्रथुम । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी, तनाव कायमै

वीरगञ्ज । मुस्लिम समुदायको प्रदर्शनले सिर्जना गरेको तनावका कारण वीरगञ्जमा

एमाले अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि

सोलुखुम्बुमा दलित समुदायका लागि धार्मिक कर्मकाण्ड तालिम : गाउँपालिकाको प्रगतिशील पहल

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा दलित र पिछडिएका समुदायलाई लक्षित गर्दै