२०८२, १४ माघ बुधबार

भिमफेदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भिमफेदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


मकवानपुर । भिमफेदी मकवानपुरको भिमफेदी नजिकै बुङ्दोल खोला पुल क्षेत्रमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मकवानपुरगढी–५ र भिमफेदी–१ को सिमाना नजिकै आज बिहानै बाग्मती प्रदेश–०३–००५प ७९८० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

स्थानीयहरुले उपलब्ध गराएको तस्बिर तथा विवरण अनुसार मोटरसाइकल पुलबाट तल खोल्सातिर खसेको देखिन्छ । भीरालो भूभाग भएको खोल्सामा दुई जना व्यक्ति मोटरसाइकल दुर्घटनामा परेर मृत अवस्थामा भेटिएका छन घटनापछि आसपासका स्थानीय उद्धारका लागि खोल्सामा झरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार मोटरसाइकल नियन्त्रण गुमेर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । उनले भने, “बुङ्दोल खोला पुल क्षेत्रमै मोटरसाइकल दुर्घटना भएको पुष्टि भएको छ । दुबै जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । घटनाबारे थप विस्तृत विवरण संकलन भइरहेको छ ।”
प्रहरी टोली घटनास्थलमा खटिएको छ भने मृतकको परिचय खुलाउने कार्य र दुर्घटनाको विस्तृत कारण पत्ता लगाउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२, ३० कार्तिक आईतबार  ३ : ०० बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार