२०८३, २० आश्विन बुधबार

मधेस प्रदेशमा तीन मन्त्री नियुक्त, होटलमा शपथ ग्रहण

मधेस प्रदेशमा तीन मन्त्री नियुक्त, होटलमा शपथ ग्रहण


जनकपुरधाम । मधेस प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन्। नेकपा (एमाले) बाट लखन दास, समाजवादी पार्टीबाट विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चन विच्छा मन्त्री बनेका हुन्। उनीहरूले पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरेका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आइतबार राति नेकपा (एमाले) का संसदीय दलका नेता सरोजकुमार यादवलाई संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। त्यसपछि उनले यादवसहित तीन मन्त्रीलाई बर्दिबास र सिन्धुलीको सिमानामा रहेको एक होटलमा शपथ गराएकी थिइन्।

भण्डारीले अस्वस्थता जनाउँदै काठमाडौं जान लागेको बताइए पनि, उनले मार्गमा नै मुख्यमन्त्री र मन्त्रीहरूको शपथ गराएकी थिइन्। त्यसपछि उनी सोमबार बिहान काठमाडौं प्रस्थान गरेकी थिइन्।

यस घटनाप्रति पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भनेका छन्, “मधेस प्रदेशको जनतासँग धोका भयो। स्वास्थ्य उपचारको नाममा निस्केकी प्रदेश प्रमुखले प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन्।”

मधेस प्रदेशसभामा नेकपा (एमाले) २५ सिटसहित सबैभन्दा ठूलो दल हो। सभामुखमा रामचन्द्र मण्डल रहेका छन् भने सांसद दीपेन्द्र ठाकुर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाका कारण निलम्बनमा छन्।

प्रकाशित मिति : २०८२, २४ कार्तिक सोमबार  ९ : ०४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको