२०८३, २० आश्विन बुधबार

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आइतबार गृहमन्त्रालयमा भेटवार्ता भएको छ । करिब ४५ मिनेट लामो भेटमा आगामी प्रतिनिधिसभा निर्वाचनको सुरक्षा र दुर्गा प्रसाईंको पछिल्लो भारत भ्रमण मुख्य विषय बनेको स्रोतले जनाएको छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक प्रसाईं दिल्ली भ्रमणबाट फर्किएपछि गृहमन्त्रीले भारतीय पक्षसँग त्यसबारे जानकारी लिएका हुन् । राजदूत श्रीवास्तवले प्रसाईंले भारतमा कुनै राजनीतिक भेटघाट नगरेको बताएका छन् ।

भारत भ्रमणबाट फर्कँदा प्रसाईंलाई दिल्ली अध्यागमनले करिब आधा घण्टा केरकार गरेको थियो । नेपालमा राजावादी आन्दोलनको तयारीमा रहेका प्रसाईंमाथि हाल सुरक्षा निकायले निगरानी बढाएको छ ।

प्रकाशित मिति : २०८२, २३ कार्तिक आईतबार  ९ : ५३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको