काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ अर्ब २ करोड ७३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार प्रमुख रमेश खड्काका अनुसार, यस अवधिमा १,४९८ विद्युतीय सवारीसाधन र ६७१ मालबाहक कन्टेनरबाट सामान आयात गरिएको छ। त्यस्तै, २८ मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पुर्याएका छन्।
सामान्यतया तातोपानी र रसुवागढी नाका हुँदै हुने आयात–निर्यात बाढीपहिरोका कारण अवरुद्ध भए पनि, कोरलानाकाबाट चीनसँगको व्यापार निरन्तर जारी रहेको छ।






प्रतिक्रिया