२०८२, २० कार्तिक बुधबार

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति


काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई देशबीच ऊर्जा प्रसारण र आदान–प्रदान क्षमताको विस्तार गर्न सहमति भएको छ। बैठक कार्तिक १७ र १८ गते पोखरामा सम्पन्न भएको हो, जसको सह–अध्यक्षता नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र भारतका केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाले गरेका थिए।

बैठकले चमेलिया–जौलजिवी २२० के.भी. डबल सर्किट प्रसारण लाइनको संयुक्त डीपीआर २०२५ नोभेम्बरसम्म तयार गर्ने र २०२७ डिसेम्बरसम्म कार्य सम्पन्न गर्ने सहमति गरेको छ। त्यस्तै बुटवल–गोरखपुर ४०० के.भी. लाइनलाई अस्थायी रूपमा २२० के.भी.मा सञ्चालन गर्ने तयारी सहित उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग थप छलफल गर्ने निर्णय भएको छ।

ढल्केवर–मुजफ्फरपुर र ढल्केवर–सितामढी लाइनमार्फत नेपालले भारततर्फ १,५०० मेगावाट निर्यात र १,४०० मेगावाट आयात गर्न सक्ने क्षमता कायम भएको बैठकले निष्कर्ष निकालेको छ। यससँगै निजगढ–मोतीहारी ४०० के.भी. डबल सर्किट लाइन, लमही–लखनउ ४०० के.भी. लाइन, र अन्य प्रसारण पूर्वाधार सुदृढीकरणका विषयमा पनि सहमति भएको छ।

बैठकले नेपाल–भारतबीच ऊर्जा व्यापार विस्तार, प्रसारण पूर्वाधार बलियो बनाउने र आगामी परियोजनाहरूलाई तीव्रता दिने महत्वपूर्ण मार्ग प्रशस्त गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२, २० कार्तिक बुधबार  १० : ५८ बजे

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज