२०८२, ११ मंसिर बिहीबार

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग


हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग फेरि चर्किएको छ। कुनै समय देशकै गर्वका रूपमा चिनिएको यस उद्योगले एक समयमा १२ सयभन्दा बढी श्रमिकलाई रोजगारी दिएको थियो।

स्थानीय ९५ वर्षीय सूर्यबहादुर स्याङतानले भने, “हामीले यही उद्योगमा बनेको कपडा लगाएर छोराछोरी पालेका थियौं। अहिले पनि यो उद्योग चलाउन हामी तयार छौं, निजीकरणको आवश्यकता छैन।”

वि.सं. २०५७ माघ १८ गतेको मन्त्रिपरिषद् निर्णयले बन्द गरिएको यो उद्योग घाटा, प्रविधिको अभाव र राजनीतिक हस्तक्षेपका कारण ठप्प भएको थियो।

स्थानीयवासीहरूले भने यसको मूल कारण सरकारी उदासीनता र राजनीतिक अस्थिरता रहेको भन्दै उद्योगलाई स्थानीय स्वामित्वमा पुनः सञ्चालन गर्न माग गरेका छन्।

प्रकाशित मिति : २०८२, १९ कार्तिक बुधबार  १० : ५२ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री