२०८२, २६ पुस शनिबार

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा हिमपात, यात्रुहरूलाई सतर्क रहन आग्रह

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा हिमपात, यात्रुहरूलाई सतर्क रहन आग्रह


मुस्ताङ । गएरातिदेखि उपल्लो मुस्ताङका विभिन्न उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कात्तिक १० गते राति वर्षासँगै मुक्तिनाथ, घमी र सोभन्दा माथिल्ला क्षेत्रहरूमा व्यापक हिमपात भएको हो।

हिमपातसँगै चिसो बढेको र सडकमा हिउँ जम्न थालेपछि स्थानीय बासिन्दा र यात्रुहरूलाई सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। प्रहरीका अनुसार उक्त क्षेत्रमा हावाहुरी र हिउँका कारण सडक फिस्लो बनेकाले यात्रु तथा तीर्थयात्रीहरूले सम्भव भएसम्म आवश्यक तयारीसहित मात्र यात्रा गर्न सुझाव दिइएको छ।

मुस्ताङमा यतिखेर तापक्रम घट्दै गएको छ भने हिमपातका कारण मुक्तिनाथ क्षेत्रमा दृश्य सौन्दर्य थपिएको छ।
स्थानीयले हिमपातसँगै गाउँ वरिपरि सेतो हिउँको चादर ओढिएको बताउँदै यसलाई आगामी पर्यटन सिजनको शुभ संकेतका रूपमा लिएका छन्।

प्रकाशित मिति : २०८२, ११ कार्तिक मंगलबार  ११ : १३ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,