२०८३, १९ आश्विन मंगलबार

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा हिमपात, यात्रुहरूलाई सतर्क रहन आग्रह

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा हिमपात, यात्रुहरूलाई सतर्क रहन आग्रह


मुस्ताङ । गएरातिदेखि उपल्लो मुस्ताङका विभिन्न उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कात्तिक १० गते राति वर्षासँगै मुक्तिनाथ, घमी र सोभन्दा माथिल्ला क्षेत्रहरूमा व्यापक हिमपात भएको हो।

हिमपातसँगै चिसो बढेको र सडकमा हिउँ जम्न थालेपछि स्थानीय बासिन्दा र यात्रुहरूलाई सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। प्रहरीका अनुसार उक्त क्षेत्रमा हावाहुरी र हिउँका कारण सडक फिस्लो बनेकाले यात्रु तथा तीर्थयात्रीहरूले सम्भव भएसम्म आवश्यक तयारीसहित मात्र यात्रा गर्न सुझाव दिइएको छ।

मुस्ताङमा यतिखेर तापक्रम घट्दै गएको छ भने हिमपातका कारण मुक्तिनाथ क्षेत्रमा दृश्य सौन्दर्य थपिएको छ।
स्थानीयले हिमपातसँगै गाउँ वरिपरि सेतो हिउँको चादर ओढिएको बताउँदै यसलाई आगामी पर्यटन सिजनको शुभ संकेतका रूपमा लिएका छन्।

प्रकाशित मिति : २०८२, ११ कार्तिक मंगलबार  ११ : १३ बजे

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज

डलर १५४ रुपैयाँ नाघ्यो, पाउन्ड २०४ नजिक

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा प्रमुख विदेशी मुद्राको विनिमय दर

कांग्रेस महाधिवेशन : मतदाता संख्या ७ हजार ११४

काठमाडौंं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ केन्द्रीय महाधिवेशनका

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,