२०८३, २५ कार्तिक बुधबार

४ लाख २२ हजार संस्थापक शेयर बिक्रीमा, प्रभु बैंकमा लगानीको नयाँ अवसर

४ लाख २२ हजार संस्थापक शेयर बिक्रीमा, प्रभु बैंकमा लगानीको नयाँ अवसर


काठमाडौं । देशका अग्रणी वाणिज्य बैंकमध्ये एक प्रभु बैंक लिमिटेडले ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले विभिन्न १० जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेका ती शेयरहरू आजदेखि बिक्रीका लागि उपलब्ध गराएको हो।

यसअघि बैंकले ती शेयर विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिक हकका रूपमा बिक्री गर्ने उद्देश्यले ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर सो अवधिभित्र कुनै पनि आवेदन नआएपछि, बैंकले अब ती शेयरहरू सर्वसाधारण लगानीकर्ताका लागि खुला गर्ने निर्णय गरेको हो।

बैंकका अनुसार इच्छुक लगानीकर्ताले नेपाल राष्ट्र बैंकले तोकेको “फिट एण्ड प्रोपर” मापदण्ड पूरा गर्ने प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू सहित आवेदन दिनुपर्नेछ। आवेदन सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र प्रभु बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं मा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

बैंकले संस्थापक शेयर बिक्री प्रक्रिया पूर्ण पारदर्शिता र नियामक निकायको निर्देशनअनुसार अघि बढाइने जनाएको छ। पछिल्ला वर्षहरूमा प्रभु बैंकले खुद नाफा, निक्षेप तथा कर्जा सन्तुलन, डिजिटल बैंकिङ विस्तार र शाखा सञ्जालका हिसाबले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। हाल बैंकले देशभर ३२० भन्दा बढी शाखा, ३१० भन्दा बढी एटीएम र डिजिटल माध्यमबाट लाखौं ग्राहकलाई सेवा दिइरहेको छ।

बैंकले बजारमा स्थायित्व र विश्वसनीयता कायम राख्दै आएकोले यी संस्थापक शेयर सुरक्षित र दीर्घकालीन लगानी विकल्पको रूपमा आकर्षक हुने अनुमान गरिएको छ। बैंकका प्रवक्ताले भने, “संस्थापक शेयर सार्वजनिक बिक्रीमा ल्याइनुले बैंकमा लगानीको पहुँच विस्तार गर्ने र लगानीकर्ताको विविधता सुनिश्चित गर्ने उद्देश्य लिएको हो।”

सन् २००१ मा स्थापना भएको प्रभु बैंक अहिले १३ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी र करिब ३ खर्ब रुपैयाँ निक्षेप संकलन गरेर नेपालको अग्रणी वाणिज्य बैंकहरूको सूचीमा अग्रस्थानमा रहेको छ।

प्रकाशित मिति : २०८२, १० कार्तिक सोमबार  ९ : १९ बजे

देउसी-भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्छौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा

माछा व्यापारी र भन्सार कर्मचारी बीच सेटिङको चर्चा, पटक पटक पक्राउ परेकालाई जरिवानामा सहुलियत

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवामा रहेको सुरज फिस सप्लायर्सको माछा

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला हङ्कङ निर्यात

चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला

रसुवाका पिडित वालबालिकालाई लायन्स क्लवको शैक्षिक सामाग्री सहयोग

नुवाकोट। रसुवाको बिनासकारी बाढी पहिरोमा परि विद्यालय जान नसकिरहेका वालवालिकालाई