२०८३, २२ जेष्ठ शनिबार

आइतबार विदेशी मुद्राको विनिमयदर यस्तो छ

आइतबार विदेशी मुद्राको विनिमयदर यस्तो छ


काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २६ पैसा र बिक्रीदर १४० रुपियाँ ८६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपियाँ ८३ पैसा र बिक्रीदर १६३ रुपियाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ७० पैसा र बिक्रीदर १८७ रुपियाँ ५० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ०३ पैसा र बिक्रीदर १७६ रुपियाँ ७८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ १२ पैसा र बिक्रीदर ९१ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९८ पैसा र बिक्रीदर १०० रुपियाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ९० पैसा र बिक्रीदर १०८ रुपियाँ ३६ पैसा, जापानी येन १० को खरिददर नौ रुपियाँ १७ पैसा र बिक्रीदर नौ रुपियाँ २१ पैसा निर्धारण गरेको छ ।

यसैगरी, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ६९ पैसा र बिक्रीदर १९ रुपियाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ४० पैसा र बिक्रीदर ३७ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४८ पैसा र बिक्रीदर ३८ रुपियाँ ६५ पैसा, थाइ भाट एकको खरिददर चार रुपियाँ २८ पैसा र बिक्रीदर चार रुपियाँ ३० पैसा कायम गरिएको छ । 

केन्द्रीय बैंकका अनुसार युएई दिराम एकको खरिददर ३८ रुपियाँ १९ पैसा र बिक्रीदर ३८ रुपियाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ २१ पैसा र बिक्रीदर ३३ रुपियाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७४ पैसा र बिक्रीदर नौ रुपियाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९३ पैसा र बिक्रीदर १५ रुपियाँ र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८० पैसा र बिक्रीदर २१ रुपियाँ ८९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ०५ पैसा र बिक्रीदर १८ रुपियाँ १३ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपियाँ ३३ पैसा र बिक्रीदर ४५९ रुपियाँ २९ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपियाँ ०७ पैसा र बिक्रीदर ३७३ रुपियाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपियाँ ३० पैसा र बिक्रीदर ३६५ रुपियाँ ८६ पैसा तोकेको छ ।

यस्तै, आज राष्ट्र बैंकले भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

प्रकाशित मिति : २०८२, ९ कार्तिक आईतबार  ९ : १० बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति