२०८३, १९ आश्विन मंगलबार

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली


काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरिँदैछ। हिन्दू धर्मावलम्बीहरूले घर–घरमा दीपावली गरी लक्ष्मीको स्वागत गर्ने परम्परा अनुसार आज साँझ विशेष पूजाअर्चना गरिँदैछ।

बिहानैदेखि घर आँगन सफा–सुग्घर र लिपपोत गर्ने परम्परा अनुरूप राजधानीसहित देशभरका घरमा सरसफाइको रौनक देखिएको छ। जनविश्वास अनुसार सफा–सुग्घर र उज्यालो घरमा मात्र लक्ष्मीले बास गर्छिन्, त्यसैले आज घरका झ्याल, ढोका, कोठा, अटाली, सङ्घार र कौसीसम्म दीपावली गरिन्छ। कार्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्री’ पनि भनिन्छ। यस रात गाईको गोबर र रातो माटोले लिपपोत गरी आँगनदेखि मूलढोकासम्म चामलको पीठो र अबिरले लक्ष्मीका पाइलाहरू कोरिने चलन छ। पाइलैपिच्छे दीप प्रज्ज्वलन गरी लक्ष्मीको आगमन मार्ग उज्यालो पारिन्छ।

दीपावलीपछि पूजा कोठामा लक्ष्मी, गणेश र कलश स्थापना गरी गरगहना, पैसा, धान, फलफूल, सेलरोटी र फूलमाला चढाइन्छ। पूजापछि घरका कन्या बालिका र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा र दक्षिणा दिने चलन पनि प्रचलित छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार आज सन्ध्याकालमा पूजा गरी मध्यरातमा घरकी नारीले नाङ्लो ठटाउँदै “अलक्ष्मी भागोस्, लक्ष्मी र धन–धान्यको आगमन होस्” भन्ने शास्त्रीय विधि प्रचलनमा छ। यसै अवसरमा भैलो खेल्ने परम्परा पनि आज रातभर चल्नेछ। युवतीहरू समूह बनाई घर–घरमा पुगेर “भलो होस्” भन्ने गीत गाउँछन्। धार्मिक मान्यताअनुसार भगवान् विष्णुले यमपञ्चकका पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाको सम्झनामा भैलो खेल्ने प्रचलन सुरु भएको हो।

भैलो खेल्न आउनेलाई धान, चामल, पैसा, फूलमाला र सेलरोटी दिने परम्परा छ। आज दिइने दानलाई ‘कात्तिकको पुण्य दान’ मानिने हुँदा नदिएमा अपशकुन र दिएमा शुभ फल प्राप्त हुने विश्वास गरिन्छ। लक्ष्मीपूजाको अवसरमा आज राजधानीका सडकदेखि बजारसम्म दीपावली र झिलिमिली बत्तीको सौन्दर्य छाएको छ। कतिपय ठाउँमा परम्परानुसार बिहानै गाईपूजा पनि गरिएको छ, यद्यपि शास्त्रअनुसार गाईपूजा कार्तिक शुक्ल प्रतिपदादेखि गर्नुपर्ने मानिन्छ।

प्रकाशित मिति : २०८२, ३ कार्तिक सोमबार  ७ : ५१ बजे

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज

डलर १५४ रुपैयाँ नाघ्यो, पाउन्ड २०४ नजिक

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा प्रमुख विदेशी मुद्राको विनिमय दर