२०८३, २० आश्विन बुधबार

अध्यक्ष ओलीको कडा आत्मालोचना: ‘अनुशासन कायम गर्न असफल भएँ’

अध्यक्ष ओलीको कडा आत्मालोचना: ‘अनुशासन कायम गर्न असफल भएँ’


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अनुशासन कायम गर्न नसकिएको विषयमा खुलेर आत्मालोचना गर्दै संगठन सुदृढीकरणको नयाँ बाटो खुलाएका छन्। केन्द्रीय कमिटी बैठकको समापन सत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले स्पष्ट शब्दमा भने,

“पार्टीमा अनुशासन कायम गर्न सकिएन, नेताहरूले पनि अनुशासन तोड्ने काम गरे, त्यसलाई नियन्त्रण गर्न सकिएन। अध्यक्षको रूपमा त्यो काम गर्न नसकेकोमा म खुलेर आत्मालोचना गर्छु।” उनले पार्टीको आन्तरिक कमजोरीलाई इमान्दारीपूर्वक स्वीकार गर्दै सुधारको दिशामा सामूहिक प्रयास आवश्यक रहेको बताए। ओलीले थपे, “कमी कमजोरी छन्, त्यसलाई करेक्सन गरौँ, आलोचना पनि गरौँ, तर दुस्मनी देखिने गरी गालीगलौज कसैले नगरौँ।”

अध्यक्ष ओलीको भनाइमा, पार्टीमा विचार र दृष्टिकोणका फरक मत स्वाभाविक भए पनि संगठनात्मक अनुशासन र एकतामा कुनै सम्झौता हुन नहुने स्पष्ट सन्देश छ। उनले भने, “विचारमा मतभेद हुन सक्छ, तर व्यवहारमा अनुशासन र संगठनको सुदृढीकरण सबैको साझा जिम्मेवारी हो।”

बैठकमा उनले पार्टीभित्र आलोचना–आत्मआलोचनाको संस्कृतिलाई संस्थागत गर्दै संगठनलाई अझ जिम्मेवार, उत्तरदायी र जनमुखी बनाउनुपर्नेमा जोड दिए। राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको यो आत्मालोचना केवल कमजोरी स्वीकार गर्ने होइन, नेतृत्वको उत्तरदायित्व बोध गर्ने परिपक्व कदमका रूपमा लिइएको छ। उनीभित्रको आत्ममूल्यांकनले एमालेभित्र सकारात्मक परिवर्तन र सुधारको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, ३१ आश्विन शुक्रबार  ७ : १६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको