२०८२, ११ मंसिर बिहीबार

५० रुपैयाँका नयाँ नोट चीनमा छापिने, ४२ करोड थान नोट आउने

५० रुपैयाँका नयाँ नोट चीनमा छापिने, ४२ करोड थान नोट आउने


काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छापाइको जिम्मा चिनियाँ कम्पनीलाई सुम्पिएको छ। केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय टेण्डर प्रक्रिया मार्फत ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’लाई नोट छपाई कार्यका लागि चयन गरेको हो।

राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना जारी गर्दै जानकारी दिएको छ कि उक्त कम्पनीले नोटको डिजाइन, छपाइदेखि लिएर नेपालसम्म आपूर्ति गर्ने सम्पूर्ण कार्य गर्नेछ। यस कार्यको लागत करिब १ करोड ४ लाख २२ हजार अमेरिकी डलर (झण्डै १ अर्ब ४३ करोड रुपैयाँ) पर्नेछ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन ९ गते अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको थियो। प्रक्रिया सम्पन्न भएपछि चिनियाँ कम्पनी नोट छपाईका लागि छनोटमा परेको हो।

अब सो कम्पनीले कुल ४२ करोड थान ५० रुपैयाँ दरका नोट छापेर नेपालमा आपूर्ति गर्नेछ। नयाँ नोट कहिलेदेखि बजारमा उपलब्ध हुने भन्नेबारे राष्ट्र बैंकले हालसम्म खुलासा गरेको छैन।

विशेषज्ञहरूले चीनमा नोट छपाइ गरिनुको कारण प्राविधिक क्षमता र लागत प्रभावकारिता भएको टिप्पणी गरेका छन्। नयाँ नोट बजारमा आएसँगै बैंकिङ कारोबार र मुद्रा व्यवस्थापनमा सहजता आउन सक्ने देखिन्छ।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  १० : ३१ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री