२०८२, २० चैत्र शनिबार

नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा प्रवेश, ओमानसँगै काट्यो टिकट

नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा प्रवेश, ओमानसँगै काट्यो टिकट


काठमाडौं। नेपालले लगातार दोस्रोपटक टी-२० विश्वकपमा सहभागिता जनाउने ऐतिहासिक उपलब्धि हासिल गरेको छ। ओमानमा जारी आईसीसी टी-२० इस्ट एसिया-प्यासिफिक (EAP) क्वालिफायर अन्तर्गत नेपाल र घरेलु टोली ओमानले दुई खेल अगाडि नै विश्वकपको टिकट सुनिश्चित गरेका हुन्।

अहिले सम्पन्न खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सामोआलाई पराजित गरेपछि अंक तालिकामा नेपाल र ओमान दुवै टप–२ स्थानमा रहेर विश्वकपमा पुगेका हुन्। प्रतियोगितामा नेपाल र ओमान दुवै अपराजित छन् र दुई खेल बाँकी छँदै नै उनीहरूको विश्वकप सहभागिता सुनिश्चित भएको हो।

हालसम्म सुपर सिक्स चरणमा दुवै टोलीले ६-६ अंक प्राप्त गरेका छन्। रनरेटका आधारमा ओमान शीर्षस्थानमा रहेको छ भने नेपाल दोस्रो स्थानमा छ। अब हुने नेपाल-ओमानबीचको खेलमा जित्ने टोली समूह विजेता बन्नेछ। नेपालले आफ्नो अन्तिम खेल शुक्रबार सामोआसँग खेल्ने कार्यक्रम छ।

आगामी सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी–२० विश्वकप मा नेपालको सहभागिता यसपालि दोस्रो पटक हुन लागेको हो।

नेपालले पहिलो पटक सन् २०१४ मा बङ्गलादेशमा आयोजित विश्वकप मा खेलेको थियो। त्यसपछि दशक लामो प्रतीक्षापछि नेपालले २०२४ मा पुनः विश्वकप खेलेको थियो, जसमा नेपालले अमेरिका र वेस्ट इन्डिजमा भएका खेलमा टेस्ट राष्ट्रहरूसँग प्रभावशाली प्रदर्शन गरेको थियो। यस सफलतासँगै नेपालले एसिया क्षेत्रको बलियो टोलीका रूपमा आफ्नो स्थान पुनः पुष्टि गरेको छ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ७ : ४३ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।