२०८२, ११ मंसिर बिहीबार

आन्दोलनका कारण २३ अर्बभन्दा बढीको बीमा दाबी, १ अर्ब ५८ करोड भुक्तानी

आन्दोलनका कारण २३ अर्बभन्दा बढीको बीमा दाबी, १ अर्ब ५८ करोड भुक्तानी


काठमाडौं । गत भदौ २३ र २४ गतेको आन्दोलनमा भएका क्षतिबाट २३ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूले हालसम्म १ अर्ब ५८ करोड रुपैयाँ भुक्तानी गरिसकेका छन्।

हालसम्म ३ हजार ९९ बीमा दाबी आवेदन परेका छन्, जसमा सबैभन्दा धेरै मोटर बीमा २ हजार २०६ र सम्पत्ति बीमा ६५३ वटा रहेका छन्। प्रदेशगत रूपमा वाग्मतीमा सबैभन्दा धेरै १ हजार ६६९ दाबी परेको छ। बीचमा, सिद्धार्थ इन्स्योरेन्समा ५ अर्ब ६१ करोड बराबरको दाबी परेका छन्, जसबाट कम्पनीले ५९ करोड भुक्तानी गरेको छ।

प्राधिकरणका अनुसार यो विवरण असोज २३ गतेसम्मको हो। आन्दोलनमा क्षतिग्रस्त सरकारी संरचनाको भने बीमा नभएको जनाइएको छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ८ : ४४ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री