२०८३, २६ आश्विन मंगलबार

सुनको मूल्य प्रतितोला ३ हजारले बढ्यो, चाँदीले नयाँ रेकर्ड बनायो

सुनको मूल्य प्रतितोला ३ हजारले बढ्यो, चाँदीले नयाँ रेकर्ड बनायो


काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रति तोला २ लाख ३८ हजार रुपैयाँ कायम गरेको छ। यो मूल्य शुक्रबारको २ लाख ३५ हजार रुपैयाँको तुलनामा ३ हजार रुपैयाँले बढेको हो। त्यस्तै, चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले वृद्धि भएर ३ हजार १२५ रुपैयाँ पुगेको छ। यो हालसम्मको उच्चतम मूल्य हो। शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।

व्यवसायी महासंघका अनुसार, सुन र चाँदीको मूल्यवृद्धि बजारको माग–पूर्तिको असन्तुलन र अन्तर्राष्ट्रिय बजारको उतार–चढावसँग सम्बन्धित छ। यो वृद्धि लगानीकर्ताहरू र व्यापारीहरूका लागि महत्त्वपूर्ण संकेत मानिएको छ। विशेषज्ञहरूले सुन र चाँदीको मूल्य बढेसँगै बजारमा लगानीका अवसर र जोखिम दुवै बढ्ने बताए।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ११ : २९ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल