२०८३, २६ आश्विन मंगलबार

साल्ट ट्रेडिङ कर्पोरेशनको स्पष्ट सन्देश : जुम्लामा नुनको अभाव होइन, पर्याप्त मौज्दात

साल्ट ट्रेडिङ कर्पोरेशनको स्पष्ट सन्देश : जुम्लामा नुनको अभाव होइन, पर्याप्त मौज्दात


जुम्ला । पछिल्ला दिनमा जिल्लामा नुनको अभाव भएको भन्दै आएका हल्लाप्रति साल्ट ट्रेडिङ कर्पोरेशनले स्पष्टिकरण दिएको छ। कर्पोरेशनले जुम्ला जिल्लामा हाल पर्याप्त मात्रामा नुन मौज्दात रहेको र वितरण नियमित रूपमा भइरहेको जनाएको छ।

साल्ट ट्रेडिङ कर्पोरेशनको जुम्ला शाखा कार्यालयका प्रमुख नगेन्द्रबहादुर थापाका अनुसार हाल जिल्लामा करिब छ हजार क्विन्टल नुन मौज्दात छ। चालु आर्थिक वर्षका लागि सदरमुकाम खलङ्गा बजारस्थित डिपोमा ५,५०० क्विन्टल, सिङ्जा गाउँपालिकाको नराकोट डिपोमा १,५०० क्विन्टल, र कनकासुन्दरी गाउँपालिकाको गुरुचौर डिपोमा १,३०० क्विन्टल नुनको कोटा तोकिएको छ।

थापाले भने, “जिल्लामा नुनको कुनै अभाव छैन। वडाहरूको सिफारिसका आधारमा मागअनुसार नुन वितरण भइरहेको छ। दसैं अवधिमा मात्रै करिब ५४६ क्विन्टल नुन बिक्री भएको छ।” उनका अनुसार विगतमा जुम्लाका लागि करिब ५,४०० क्विन्टल कोटा हुने गरेकामा यस वर्ष कर्पोरेशनले कोटा वृद्धि गरेको छ, जसका कारण उपभोक्ताहरूलाई सहज रूपमा नुन उपलब्ध भइरहेको छ।

कर्पोरेशनले बाँकी कोटाको नुन सदरमुकामसहित तीनवटै डिपोमा ढुवानी कार्य जारी राखेको छ। सबैभन्दा बढी माग चन्दनाथ नगरपालिका, गुठीचौर, पातारासी र तातोपानी गाउँपालिकाबाट आएको कार्यालयले जनाएको छ। थापाले भने, “हामीले स्थानीय तहका वडाहरूमार्फत नुन वितरण प्रणालीलाई व्यवस्थित बनाएका छौं। यसले स्थानीय उपभोक्तालाई राहत पुर्‍याएको छ।”

स्थानीय बासिन्दाहरूले पनि यस वर्ष नुन वितरणमा सहजता आएको बताउँदै साल्ट ट्रेडिङ कर्पोरेशनको व्यवस्थापन र वितरण प्रणालीको प्रशंसा गरेका छन्। यससँगै कर्पोरेशनले देशका दुर्गम जिल्लाहरूमा समेत नुन आपूर्तिको निरन्तरता र पारदर्शिता कायम गर्न प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ९ : १६ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल