२०८३, २८ श्रावण शुक्रबार

महालक्ष्मी विकास बैंकले ग्राहकको लागि छुटको नयाँ पहिचान सिर्जना गर्‍यो

महालक्ष्मी विकास बैंकले ग्राहकको लागि छुटको नयाँ पहिचान सिर्जना गर्‍यो


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटलसँग सहकार्य गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा आफ्ना ग्राहकका लागि विशेष छुटको नयाँ पहिचान सिर्जना गरेको छ। बैंकले स्वास्थ्य सेवा, रेस्टुरेन्ट र पर्यटन क्षेत्रसँग समन्वय गर्दै चाडपर्व तथा विदेश यात्रा गर्ने ग्राहकहरूलाई लक्षित गर्दै यो कदम चालिएको हो।

सम्झौताअन्तर्गत डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले निम्न छुटको विशेष लाभ पाउनेछन्:

  1. र्याडिसन एयरपोर्ट लाउन्ज सेवामा: १५% छुट
  2. खाद्य तथा पेय पदार्थमा: २०% छुट
  3. पेस्ट्री खरिदमा: १५% छुट
  4. ट्यानक्वीलीटी स्पा सेवामा: १५% छुट
  5. र्याडिसन फिटनेस सेन्टर (जिम) मा: २०% छुट

बैंकले यस किसिमको सहकार्यमार्फत आफ्ना ग्राहकलाई प्रत्यक्ष लाभ दिनुका साथै बैंकको छुट सेवा आफ्नै पहिचान बनाउन सफल भएको जनाएको छ।

प्रकाशित मिति : २०८२, २५ आश्विन शनिबार  १० : २२ बजे

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व

बागमतीमा जेएन थपलियाविरुद्ध अविश्वास प्रस्ताव : १८ सांसदको समर्थन, को–को छन् सूचीमा ?

हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्रको विवाद थप

किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय