२०८२, २० चैत्र शनिबार

महिला टी–२० शृंखला नेपालले जित्यो

महिला टी–२० शृंखला नेपालले जित्यो


काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखला जित्दै ऐतिहासिक सफलता हात पारेको छ। पाँच खेलको सिरिजअन्तर्गत बुधबार बिहान सम्पन्न अन्तिम खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै शृंखला ३-२ ले आफ्नो पक्षमा पारेको हो।

मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले ६ विकेट गुमाउँदै सजिलै पूरा गर्‍यो। यसअघि नेपालले दोस्रो र चौथो खेलमा ६-६ विकेटले जित हात पारेको थियो। पहिलो खेलमा नेपाल ३ रनले र तेस्रो खेलमा १३ रनले पराजित भएको थियो।

शृंखला जितसँगै नेपाली टिमले पछिल्लो समय महिला क्रिकेटमा आफ्नो स्थायी सुधार र प्रतिस्पर्धात्मक क्षमताको बलियो सन्देश दिएको छ। आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि यो जितले आत्मविश्वास थपेको क्रिकेट विश्लेषकहरूले बताएका छन्।

प्रकाशित मिति : २०८२, २२ आश्विन बुधबार  ४ : ३६ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।