२०८२, २० चैत्र शनिबार

महिला टी-२० अन्तर्राष्ट्रिय शृंखला : मलेसिया विरुद्ध चौथो खेलमा नेपाल विजयी

महिला टी-२० अन्तर्राष्ट्रिय शृंखला : मलेसिया विरुद्ध चौथो खेलमा नेपाल विजयी


काठमाडौँ । नेपालले मलेसिया विरुद्धको चौथो टी-२० अन्तर्राष्ट्रिय खेलमा शानदार प्रदर्शन गर्दै ६ विकेटको जित हात पारेको छ। यससँगै पाँच खेलको शृंखलामा नेपाल र मलेसिया दुवैले दुई–दुई खेल जित्दै २-२ को बराबरी गरेका छन्।

मलेसियामा मंगलबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो। उसका लागि मास एलिसा अविजित रहँदै ५६ रन बनाइन्। माहिरा इजातीले १८ र नुर दानियाले १५ रनको योगदान दिइन्।

नेपालका लागि कविता कुँवरले शानदार बलिङ गर्दै तीन विकेट लिइन्। पूजा महतो र कविता जोशीले समान एक–एक विकेट हात पारे। जवाफी ब्याटिङमा नेपालले निर्धारित लक्ष्य १७.३ ओभरमै चार विकेटको क्षतिमा पूरा गर्‍यो। कप्तान इन्दु बर्माले ३९ बलमा ४८ रनको अविजित पारी खेलिन् भने रुबिना क्षेत्रीले २३ बलमा २३ रनको योगदान दिइन्।

मलेसियाको बलिङतर्फ नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एक-एक विकेट लिएका थिए। अब शृंखलाको निर्णायक पाँचौं तथा अन्तिम खेल भोलि मलेसियामा हुनेछ। उक्त खेलले शृंखलाको विजेता तय गर्नेछ।

प्रकाशित मिति : २०८२, २१ आश्विन मंगलबार  १२ : ५३ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।