२०८२, २० चैत्र शनिबार

१० स्थानमा खतराको तह पार, नदीको सतह बढ्दो -साइरन बजाउँदै सतर्कता अपिल

१० स्थानमा खतराको तह पार, नदीको सतह बढ्दो -साइरन बजाउँदै सतर्कता अपिल


काठमाडौं । देशभर सक्रिय बनेको मनसुन प्रणालीका कारण निरन्तर भइरहेको भारी वर्षाले बाढीको जोखिम बढाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, पछिल्लो २४ घण्टामा १० वटा वर्षा मापन केन्द्रहरूले खतराको तह पार गरेका छन्, जसका कारण ती क्षेत्रमा साइरन बजाएर सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार, काभ्रे-रोसी, मनोहरा-काठमाडौं, बागमती-काठमाडौं, र लालबकैया-मकवानपुर नदीहरूमा जलसतह सतर्कता तह माथि पुगेको छ। यी नदीहरूमा जलसतह अझै बढ्दो क्रममा रहेकोले थप सावधानी आवश्यक देखिएको विभागले जनाएको छ।

विभागले दिएको जानकारीअनुसार, बागमती प्रदेश र मधेस प्रदेश हुँदै बहने प्रायः सबै नदी तथा नालाहरूमा पानीको बहाव बढ्दै गएको छ। विशेषगरी तराईका क्षेत्रमा भारी वर्षा कायम रहेकोले, नदी किनार र डुबानको सम्भावना भएका भू-भागमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्न सुझाव दिइएको छ।

स्थानीय प्रशासनलाई तयारी अवस्थामा रहन अनुरोध

विभागले स्थानीय प्रशासन, सुरक्षा निकाय र विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरूलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ। संभावित जोखिमका क्षेत्रहरूमा सूचना प्रवाह तीव्र पार्न र जनसाधारणलाई समयमै सचेत गराउन समेत निर्देशन दिइएको छ।

विभागले नागरिकहरूलाई मौसमसम्बन्धी जानकारीका लागि आधिकारिक वेबसाइट, मौसम मोबाइल एप तथा स्थानीय प्रशासनसँग सम्पर्कमा रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२, १८ आश्विन शनिबार  ६ : ५७ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।